वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षेत्र जुनियर जेसिजले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
चक्रघट्टी स्थित आइतवारेमा रहेको भानु आधारभुत बिद्यालयमा पुगेर जुनियर जेसिजले शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरेको हो ।
निम्न आए भएका बिद्यार्थीहरुलाई अध्ययनकालागि सहज गर्ने उदेश्यले शैक्षिक सामाग्री कपि , कलम शैक्षिक सामाग्री फुटबल , भलिबल लगाएका सामाग्रीहरु वितरण गरेको अध्यक्ष अमीत साहले बताए ।
वराहक्षेत्र जुनियर जेसिजका अध्यक्ष अमीत साहको संयोकत्वमा भएको उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा समाजसेवि बाबुराम बिष्ट प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा चक्रघट्टी जेसिजका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष संन्तोष पुरी , पत्रकार दिपक कार्की , चक्रघट्टि जेसिका पदाधिकारी, विद्यालयका शिक्षकहरुको उपस्तिथि रहेको थियो ।