खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धमा अन्तरक्रिया

  • जेठ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ खाद्य स्वच्छतामा लगानी वढाऔं, अप्रत्यासीत अवस्थाको पूर्वतयारी गरौ भन्ने ध्येयका साथ खाद्य उद्योगी व्यवसायीहरुको सहभागितामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ का सम्वन्धमा अन्तरक्रीया कार्यक्रम भएको छ ।

उद्योग संगठन मोरङ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरको संयूक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले मानव स्वास्थ्य तथा सुरक्षासंग प्रत्यक्ष्ँ सम्वन्ध राख्ने खाद्य पदार्थको गुणस्तर कायम राख्नु महत्वपूर्ण पक्ष्ँ भएको वताए ।

उनले वस्तु उत्पादनको क्रममा व्यवसायीले खाद्य स्वच्छता व्यवस्थापन प्रणाली अन्तर्गत असल उत्पादन अभ्यास, सरसफाई जस्ता कुरालाई उत्पादकले प्राथमिकता दिदै आएको स्पष्ट पार्दै प्याकेजिङ र लेवलिङ गर्दा ऐनमा भएको प्रावधान अनुरुप गर्न उद्योगीलाई अनुरोध गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनालले२०८१ वैशाख २३ गते राजपत्रमा प्रकाशित भईसकेको खाद्य स्वच्छता तथा गुणस्तर ऐन९० दिन पश्चात कार्यान्वयनमा आउने जानकारी गराए ।

उनले ऐनले निर्दिष्ट गरेका व्यवस्थाहरुलाई कार्यान्वयनमा ल्याउन उद्योगहरुलाई अनुरोध गर्दै उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ताको दायित्व र अनुगमन, निरीक्ष्ँण, कारवाही लगायत ऐनमा समेटिएका अन्य प्रावधानहरुका स्पष्ट पारे ।

कार्यक्रममा सहभागि उद्योगीहरुले वस्तु उत्पादनको क्रममा मानव संशाधन, मेशिनको प्रयोग हुने भएकाले भुलवश र जानीजानी गरिने त्रुटीलाई एकै प्रकारको कसुरको रुपमा परिभाषित गरी दण्ड, जरिमाना तोक्न नहुने धारणा राखे ।

प्रत्येक वर्ष जुन ७ तारिकका दिन मनाईने विश्व खाद्य स्वच्छता दिवशलाई लक्ष्ँित गरी आयोजना गरिएको कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, उपाध्यक्ष्ँ विपिन कावरा, कार्यसमिति सदस्य जयेन्द्र शर्मा, सन्तोष भगत, वीरेन्द्र राठी, सिद्धार्थ कावरा, दिपक अग्रवाल, खाद्य तथा गुण नियन्त्रण कार्यालय सुनसरी, धनकुट्टाका प्रमुखहरुका साथै खाद्य उद्योगी व्यवसायीहरुको सहभागिता थियो ।

तस्कर र सशस्त्र प्रह ...

जनकपुरधाम/धनुषाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा ...

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved