एफसी धरानले स्वर्णीम फुटसलको उपाधि चुम्यो

  • जेठ १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/स्वर्णिम क्लवको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित दुई दिने स्वर्णिम वि क्याटोगिरि सेभेन ए साइड इन्डोर फुटसल प्रतियोगिताको उपाधि यति फुटवल क्लवले चुमेको छ ।

     सोमवार भएको प्रतिश्पर्धात्मक फाइनल खेलमा यति एफसिले डर्वि एफसिलाई टाइव्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो ।

निर्धारित समय सम्म दुवै तर्फ २–२ वरावरि गोल भए पछि खेल टाइव्रेकरमा धकेलिएको थियो । टाइवे्रकरमा यतिका दिपेन्द्र वस्नेत र प्रज्वल खनालले गोल गरे भने सैलेन्द्र नेपालको गोल गोलकिपरले रोकेका थिए ।

डर्विका अनिस चाम्लिङले गोल गरेका थिए भने रुपेश मगर र क्रिष्टोफरले गुरुङ्गको गोल किपर प्रवेश मोक्तानले रोकेका थिए । फाइनल खेलको निर्धारित समयमा यतिका सैलेन्द्र र डव्रिका क्रिष्टोफरले आफ्नो टिमका लागि दुई दुई वरावरि गोल गरेका थिए ।

विजेता यतिले उपाधि संगै नगद ७० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता डर्विले नगद ३५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलको म्यान अफ द म्याच डर्विका क्रिष्टोफर गुरुङ्ग घोषित भए ।

उनले नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताभर ७ गोल गरेका यतिका सैलेन्द्र नेपाल हाइ स्कोरर घोषित भए । उनल नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

उत्कृष्ट गोलकिपर यतिका प्रवेश मोक्तान घोषित भए । उनले नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडि डर्विका निकेन राई घोषित भए ।

उनले नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

  विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष स्वर्णिम क्लवका अध्यक्ष विवेक राई, कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, धरान १० न. वडा सदस्य कृष्ण राई, स्वर्णिम क्लवका सदस्य सरोज राई, पुर्व राष्ट्रिय खेलाडि मिलन श्रेष्ठ, गोधुलि क्लवका उपाध्यक्ष सतिस केसि लगायतले वितरण गरेका थिए ।

प्रतियोगिता धरान १६ स्थित विवि फुटसल ग्राउण्डमा आइतवार र सोमवार दुई दिन संपन्न भएको थियो ।

प्रतियोगितामा धरान, दमक, विराटनगर र तरहरा गरि २४ टिमले सहभागिता जनाएको थियो ।

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

कोशी पर्यटन वर्ष: घ ...

 इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved