एसईई स्पिकरको दोस्रो चरण सम्पन्न

  • जेठ ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘एसईई स्पिकर–२०८१’ को दोस्रो चरणबाट १९ जना सहभागी छनोट भएका छन् । 

दोस्रो चरणका लागि ‘वातावरण संरक्षण र विकास’ तथा ‘विद्यार्थी र राष्ट्रियता’ गरी दुईवटा शीर्षकहरू दिइएका थिए ।

प्रतियोगीहरूलाई यीमध्ये कुनै एक शीर्षक छानेर बोल्न दिइएको थियो ।

दोस्रो चरणबाट छानिएका विद्यार्थीहरू तेस्रो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणपछि अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र सहिद स्मृति माविका शिक्षक टङ्क भट्टराई रहेका थिए ।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई सदुपयोग गर्दै प्रतिभा प्रदर्शन र व्यक्तित्व विकासका लागि उनीहरूलाई उचित अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए ।

      प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदका साथै प्लस टु अध्ययनका लागि शतप्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले बताएको छ ।

  तेस्रो चरण अर्थात् सेमी फाइनल यही Messenger_creation_ea2848db-0f4c-495a-ae1f-f4a0f6a88171 जेठ १५ गते गणतन्त्र दिवसका दिन आयोजना गरिने आयोजकले जनाएको छ ।

र्याडिकल लाइट नेपाल प्रालिको आयोजनामा भइरहेको ‘एसईई स्पिकर’ प्रतियोगिताको यो चौथो शृङ्खला हो । 

 

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved