धरानमा आगामी बर्षको बजेट घटाउन प्रस्ताव

  • जेठ ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट घटाउनको लागि प्रस्ताव गरिएको छ । 

वास्तविक धरानको धरातलमा रहेर आर्थिक वर्ष २०८१/०८२ को बजेट घटाउनको लागि राजश्व परामर्श समितिले मेयर हर्क साम्पाङलाई सोमबार प्रतिवेदन बुझाएको हो ।

प्रतिबेदन समितीका संयोजक समेत रहेका उप मेयर आइन्द्र विक्रम वेघा सहितको टोली वुझाएको छ ।

प्रस्तावित आम्दानी १ अर्ब ६७ करोड ८४ लाख ९६ हजार मात्र बनाउन प्रस्ताव गरेको छ भने चालु आर्थिक बर्षको बजेट भन्दा २.५९ प्रतिशत कमी वजेट प्रस्ताव गरिएको उप मेयर वेघाले बताए ।

समितीले धरानको यथार्थमा आधारित बजेट बनाउन पनि प्रतिवेदनमा सुझाएका छन,उनले भने वजेट मात्र वढाएर हुँदैन,काम गर्नु सक्नु पर्छ नी 

समितिले सरोकारवाला संघसंस्था, सुनसरी उद्योग वाणिज्य संघ, पुर्वजनप्रतिनिधिहरु सबैसँग परामर्श गरेर प्रतिवेदन तयार गरेको थियो ।

यथार्थमा आधारित बजेट बनाउनको लागि बजेटको आधार घटाउन प्रस्ताव गरिएको उपमेयर बेघाले बताए ।

बजेटको आकार बढाउनु भन्दा जे हो त्यो गर्न उचित हुने उनको भनाई छ ।चालु आर्थिक बर्षमा कुल आय अनुमान १ अर्ब ७२ करोड ३१ लाख २५ हजार गरिएको थियो ।

समितीले प्रतिवेदनमा बैशाख मसान्तसम्मको कुल आय तर्फ १ अर्ब २१ करोड ४४ लाख ४० हजार ३७२ मात्र उल्लेख गरेको छ । 

तर प्रतिवेदन वुझेपछि मेयर हर्क साम्पाङले भने बजेट सोचेजस्तो नहुने भन्दै यथार्थ वजेट वनाउन प्रयास गर्ने बताएका छन्।

बजेट सिमा सिलिङ समितिमा प्रतिवेदन सहित छलफल गरेर वजेट तय हुने मेयर साम्पाङको भनाई छ ।

प्रतिवेदन बुझाउन समितिका सदस्य सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, कार्यपालिका सदस्य द्धय देविका विश्वकर्मा,विकास भाटी,राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडा लगायतको उपस्थितिमा प्रतिवेदन वुझाइएको हो । 

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved