ज्येष्ठ नागरिकलाई भ्रमणमा लगियो

  • वैशाख ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको हुन्छ । सोही बजेटबाट लक्षित वर्ग, समुदाय र जातिको उत्थानका लागि सदुपयोग गर्ने गर्छ ।

यसै क्रममा धरान उपमहानगरपालिका ३ नं. वडा समितिले ज्येष्ठ नागरिक लक्षित बजेटबाट वडाका ७० जना ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ ।

धरान उपमहानगरपालिका ३ नं. वडा समितिले धार्मिक क्षेत्रको पहिचानसँगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप छुट्याएका बजेटबाट झापाको अर्जुनधारा र सतासीधाम भ्रमणका लागि प्रस्थान गरेको छ । वडाध्यक्ष विद्या शाक्यले ज्येष्ठ नागरिकलाई सहज रुपमा यात्रा होस् भन्ने उद्देश्यले २ वटा बस व्यवस्था गरिएको बताए ।

यो एक दिने भ्रमण भएपनि आगामी दिनमा अरु बढी बजेट छुट्याएर लामो दूरीको यात्रा गराउने योजना समेत वडाको रहेको बताए ।

ज्येष्ठ नागरिकको विविध कार्यक्रममा परेको बार्षिक बजेटलाई सदुपयोग गर्दै भ्रमणमा लगिएको सचिव मदन ढकाले बताए ।

वडामा रहेका ज्येष्ठ नागरिकहरुको प्रस्ताव अनुसार झापाको सतासीधाम र अर्जुनधाराको तीर्थ स्थलमा ज्येष्ठ नागरिकलाई भमणमा लगिएको उनको भनाई छ ।

भ्रमणमा ७० बर्षमाथिका ज्येष्ठ नागरिकहरुर रहेका छन् । स्थानीय सरकारले बजेट छुट्याएरै धार्मिक क्षेत्र घुमाउन लगेकोप्रति उनीहरुले खुशी व्यक्त गरेका छन् ।

ज्येष्ठ नागरिक समाज धरान ३ का अध्यष मोहन श्रेष्ठले एकदिने भ्रमण प्रभावकारी हुने बताए ।

मुलुकमा संघीयता आएपछि र संविधान निर्माणपछि देशका तीन तहले नै ज्येष्ठ नागरिकको सम्मानका लागि बजेट छुट्याएर विविध कार्यक्रम गर्ने गरेको छ ।

धरान ३ ले पनि सोही अनुरुप ज्येष्ठ नागरिकलाई भ्रमणका लागि लगेको हो ।

 

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved