धरानका मेयरद्धारा सुकुम्बासी उठाएर पार्क बनाउने तयारी उचित व्यवस्थापन गर्न सुकुम्वासीको माग,संघर्ष गर्ने चेतावानी

  • बैशाख २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt _तस्वीरः कोशी पत्र

धरान/ उमेरले पाको,दारी,जुंगा,कपाल सेतै फुलेका जीत बहादुर लिम्वु धरान ५ स्थित तल्लो देउरालीमा हाल कोठा भाडा लिएर बस्दै आएका छन् ।

उनी त्यहाँ आएर वसेको पनि २०४५ सालदेखि नै हो ।

लिम्वूले तल्लो देउरालीको सुन्दर वस्तीमा ऐलानी जग्गामा घर टहरा बनाएर वसोवास गर्दै जीविको पार्जन दुख सुख गर्दै आइरहेका थिए । दुखीको घरमा सदैव दुखै दुख भने झै सेउती खोलामा आएको बाढीले समेत घर बगाएर खुल्ला आकासको बास बनाई दियो ।

उनी अहिले परिवार सहित देउरालीमा नै कोठा भाडामा लिएर बस्दै आएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर र्हकराज साम्पाङले त्यहाँ बहुसांस्कृतिक पार्क वनाउने योजना ल्याएपछि हाल त्यहाँ बसोवास गर्नेहरुको उठिवास हुने भएपछि उनीहरुलाई चिन्ताले पिरोलेको छ ।

बास स्थानको ग्यारेण्टी हुनु पर्ने माग राख्दै हारगुहार गर्दै धरानमा भेटिएका नन्दराज श्रेष्ठले पनि २०६४ सालदेखि वसोबास गर्दै आएको बताए ।

त्यो वेला विजुली,पानी सहित १ लाख भन्दा वढी खर्चेर टहरो हालेर वस्दै आएको हो ,तर अव अहिले आएर कहाँ जानु हामी जस्ता गरिब निमुखाले कसरी वाँच्ने होला भन्दै दुखेसो गरे ।

उनले भने,“हामीले नै भोट दिएर जितायौं,अहिले उठिवास लाउने भयो,हामीलाई खेदाउने भयो,जाने ठाउँ कही छैन,हाम्रो लागि बोलिदिनु पर्यो हजुर ।”

मेयर राईले उक्त स्थानमा बहुसाँस्कृतिक पार्क बनाउने भएपछि पीडित भएकाहरु न्याय माग्न थालेका छन् ।

पीडितहरुका अनुसार झण्डै दुई दर्जन भन्दा वढी सुकुम्वासीहरु प्रभावित हुने वताइएको छ ।

विकासको नाममा विरोधी नभएको तर त्यहाँ वसोवास गर्नेहरुले उचित व्यवस्थापनको माग गरेर अघि वढ्ने भएका छन् ।

उनीहरुले संघर्ष समिति वनाएर बासको ग्यारेण्टीको लागि अधिकारको लडाई लड्ने पीडितहरुले वताएका छन् ।

५ नम्बर वडाका वडाध्यक्ष मनप्रसाद लिम्वूले भने उक्त बहुसाँस्कृतिक पार्क वनाउँदा ५ घर पूर्ण रुपमा प्रभावित हुने वताए ।

वस्तीलाई नछोइन पनि पार्क बनाउन सकिने छ तर मेयरले भने वस्ती उठाएर नै वनाउने भनेर अडान लिँदा समस्या भएको लिम्वूको भनाई छ ।

त्यहाँ लगभग ५ विगाह जग्गा रहेको छ भने वस्तीलाई असर नगरि पार्क वनाउने हो भने पनि लगभग ४ विगाह भन्दा बढी जग्गा रहने हुँदा वस्ती जोगाउन सकिने उनको भनाई छ ।

उनले भने,“समस्या समाधान गर्नको लागि त्रिपक्षिय छलफलद्धारा टुंगो लगाउन आफुले पटक पटक आग्रह गरेको छु,तर मेयरले भने पहिला काम अघि बढाउने र अनि छलफल गर्ने भनेर भन्नु हुन्छ,उहाँ आफैंले समस्याको जिम्मा लिने पछि भन्नु भएको छ तर त्यसो गर्दा अझै समस्या वढेर जाने देखिएको छ ।

”त्यसैले पार्कको काम भन्दा अघि सुकुम्वासीको समस्या प्रति नै संवेशदनशी हुनु पर्ने वडाध्यक्ष लिम्वूको भनाई छ ।

धरान ५ तल्लो देउराली स्थित सुन्दर वस्तीमा बहुसाँस्कृतिक पार्कका लागि शहरी विकास मन्त्रालय ५० लाख र वन मन्त्रालयद्धारा २५ लाख गरि जम्मा ७५ लाख रुपैयाँ वजेट प्राप्त भएको पनि वडाध्यक्ष लिम्वुले बताए ।

नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले धरान उपमहानगरपालिका धरान ५ नम्वर वडाको सुन्दर बस्तीमा पहिला देखि नै बसोबास गर्दै आएका सुकुम्बासी जनतालाई उठाउने नगर प्रमुखको कदमको नेकपा (एमाले) घोर–निन्दा र भर्त्सना गर्दै सो क्षेत्रका सुकुम्वासी बस्तीका पीडितहरुलाई न्याय दिन माग गरेका छन् ।

सुकुम्वासी लाई घर नम्वर र धनि पुर्जा बितरण देखि निस्सा प्रदान गर्ने कार्य नेकपा (एमाले) कै नेतृत्वमा भएकाले अहिले आएर वस्ती नै उठाउनु भन्दा पनि वैकल्पिक समस्या समाधानको उपाय खोजर अघि वढ्नु पर्ने अध्यक्ष एभेङको भनाई छ । 

घरबासको व्यवस्थापन माग गर्दै भेला भएका पीडितहरु ।

बेपत्ता श्रीमान २० व ...

मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका ...

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved