कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को दोश्रो अडिसनबाट ५६ जना छनोट

  • वैशाख २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा एस.ई.ई. दिएर बसेका बिद्यार्थीहरुका लागि भएको कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को दोश्रो अडिसनबाट ५६ जना छनोट भएका छन।

      धरान-१६ स्थित यु.एन. सेमिनार हलमा बुधबार सम्पन्न दोश्रो चरणको अडिसनबाट गायनमा ३५ र नृत्यमा २१ गरि ५६ जना सहभागीहरु तेश्रो चरणमा प्रबेस गरेका हुन।

       पहिलो अडिसनको गायन तर्फको निर्णायकमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू ,नृत्य प्रशिक्षक ,

गायक बिनायक राई र गायिका जमुना राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायकमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई र एस.ई.ई.डान्सिङ स्टार-२०२३ कि बिजेता लिसरा थापा मगर थिए।

एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै गायन र नृत्य प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्न आईडलको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनु भयो।

   शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ संचालन भएको एस.ई.ई.आईडलले बिद्यार्थीहरुको अध्ययनमा सहज हुने र उनीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउन सघाउ पुग्ने इभेन्ट म्यानेजर तिर्थ कार्कीले बताउनु भयो।

आईडलमा कोशी प्रदेसका झापा, मोरङ, सुनसरी, धनकुटा, सन्खुवासभा, तेर्हथुम, भोजपुर, पाचथर, इलाम लगायतका जिल्लाबाट सहभागिहरु आएको इभेन्ट निर्देसक राम बहादुर लिम्बुले बताउनु भयो।

     आयोजकका अनुसार एस.ई.ई.आईडल गायन र नृत्य दुबै तर्फका बिजेता, फष्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश: ५० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्ने छन।

त्यसैगरी कक्षा-११ र १२ को अध्ययनका लागि क्रमश: शत प्रतिशत, ८० प्रतिशत र ७० प्रतिशत छात्रवृत्ति पाउने छन।

   तेश्रो चरणको प्रतियोगिता आगामी बैशाख -२९ गते सनिबार यु.एन.सेमिनार हलमा हुने आयोजकले जनाएको छ।FB_IMG_1714735962629 FB_IMG_1714735985121 FB_IMG_1714735974294 FB_IMG_1714735944342

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved