पानबारी गोल्डकप : उद्घाटन भोली "उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गर्ने "

  • वैशाख २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भएको छ । भोली (शनिबार) अर्थात बैशाख २२ गतेदेखि हुने गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष भुपाल राईले वताएका छन् ।

उक्त प्रतियोगिता वैशाख २१ गते सम्म सञ्चालन हुने जनाइएको छ । धरना ६ स्थित बाजिपा खेल मैदानमा दिउँसो १ बजे उद्घाटन हुने भएको छ ।

पहिलो पटक हुन लागेको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने छन् ।

उद्घाटनका दिन विभिन्न जातीय साँस्कृतिक कार्यक्रम पनि हुने छ भने पहिलो दिनको उद्घाटन खेल बुल्स ११ र केफसी केराबारीवीच हुने जनाइएको छ ।

प्रतियोगितामा आयोजक पानबारी फुटबल क्लब, केफसी मोरङ, बुल्स ११ इटहरी, योङ व्याइज तहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लबसहित आरआइएफसी काठमाण्डौले प्रतियोगितामा भाग लिने भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि प्रमाण पत्र र मेडल , दोस्रो हुनेले ५५ सय ५ ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्नको लागि १५ लाख भन्दा वढी खर्च लाग्ने अनुमान गरिएको छ भने उक्त खर्चको व्यवस्थापन,स्थानीय सरकार देश विदेशमा रहेका नेपालीहरुको साथ र सहयोगद्धारा सन्चालन हुने क्लवका सह सचिव सुरेन मुदेलले वताए ।

स्थानीय स्तरबाटै खेलाडी उत्पादन गरेर फुटबल खेललाई व्यवसायिककरण गर्दै जाने क्लबले जनाएको छ ।

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved