चार वर्षदेखि बन्द झापाको छोटी भन्सार सञ्चालन

  • बैशाख २, २०८१
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

दमक/ चार वर्ष अघिदेखि बन्द रहेको झापाको गौरीगन्ज गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय सुचारु गर्न पहल सुरु भएको छ ।

भन्सार कार्यालयको नयाँ भवन बनेपनि भन्सार कर्मचारी नबसेपछि प्रयोजन विहीन बनेको छ ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले छोटी भन्सार कार्यालयको भवन स्थलगत निरीक्षण गरेर वैशाख महिनाभित्र नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भएको गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले बताए ।

लामो समयको पहल र प्रयासपछि आठमौजा छोटी भन्सार सुचारु हुन लागेको उनको भनाइ छ ।

नेपाल सरकारले मन्त्रिस्तरीय बैठकबाट आठमौजा छोटी भन्सार कार्यालय नाकाको रूपमा विस्तार गर्ने निर्णय गरेतापनि अहिलेसम्म यसको काम अघि बढ्न सकेको छैन ।

चार वर्षदेखि छोटी भन्सार कार्यालय बन्द हुँदा स्थानीयले धेरै नै सास्ति खेप्दै आउनु परेको झापा उद्योग वाणिज्य सङ्घ गौरीगन्जका अध्यक्ष मखना महतोले बताए ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले सकेसम्म वैशाख महिना भित्रै आवश्यक कर्मचारी खटाएर छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउने जनाए ।

सबैको साथ र सहयोग भएमा राजश्व सङ्कलनमा यस नाकाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको पनि उनले बताए ।

गौरीगन्जबाट नजिकै भारतको फत्तेपुर बजार रहेको छ ।

यहाँ दैनिक रूपमा सयौँ नेपालीहरू दैनिक किनमेलका लागि जाने गरेका छन् ।

वयापारीहरुले समेत यो नाका प्रयोग गर्ने गरेको बताइन्छ ।

दैनिक उपभोग्य सामग्रीहरूको तेल, लसुन, चिनीलगायतका खाद्यवस्तुहरू र कपडा लगायतका चिजहरू यो नाका भएर अवैध रूपमा भित्रिरहेको जनाइएको छ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved