महाकुम्भ मेलाामा प्रथम महा शाही स्नान

  • बैशाख २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ प्राचीन हरिद्वार चतराधाममा सुरु वाह्रवर्से पिण्डेश्बर पुर्ण महाकुम्भ अन्तर्गत वराहक्षेत्र मन्दिर स्थित कोकाह कौशीकीको संगममा प्रथम महा (शाही ) स्नान गरिएको छ ।

शनिवार बिहान शुभ साहितमा नौमति बाजा सहित चतराधामबाट पैदल हिडेर वराहक्षेत्र मन्दिरको कोकाह कौशीकी संगममा पुगेर महास्नान गरिएको हो । शाही स्नान गर्न चतराधाम बाट हजारौ संख्यामा बाजगाजा सहित भजन कीर्तन गर्दै वराहक्षेत्र मन्दिर पुगेका थिए ।

चतराधामबाट जगद गुरु बालसन्त मोहन शरण देवाचार्य, भारतका धर्म रत्न गोपाल शरण देवाचार्य, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की पैदल वराहक्षेत्र पुगेका थिए ।

स्नानमा उपप्रमुख नन्द कुमारी सुनुवार, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, वडाध्यक्षहरु लगाएत शिष्ट, विशिष्ट, सन्त महन्त, पिठाधिस, साधकी, धर्माचार्य, मठाधिस, समाजसेवि, राजनैतिक दलका नेता, धार्मिक व्यक्तित्व, स्थानिय जनप्रतिनिधि, स्थानीयवासिहरु गरि हजारौको सहभागिता रहेको नगर प्रमुख तथा वाह्रवर्से पिण्डेश्बर पुर्ण महाकुम्भ मेला समितिका सह– अध्यक्ष रमेश कार्कीले बताए ।

गत चैत्र २७ गतेदेखि २०८१ वैशाख २८ गते सम्म लाग्ने कुम्भ मेलामा मुख्य पाँच स्नान रहेका छन् ।

पहिलो स्नान कुम्भ प्रारम्भको दिन चैत २७ गते गरिएको छ । प्रथम कुम्भ स्नान २०८१ वैशाख १ गते गरिएको हो । त्यस्तै वैशाख ११ गते, महिना दिनसम्म लाग्ने महाकुम्भ मेलामा पाँच दिन कुम्भ स्नानका विशेष दिनहरू रहेका छन् ।

कुम्भमा नुहाए अक्ष प्राप्ति हुने मान्यता रहेकाले मानिसहरू देश विदेशबाट कुम्भ स्नान गर्न चतरा धाम आउने गरेको कुम्भ मूल आयोजक समितिले जनाएको छ ।
कुम्भ प्रारम्भ महास्नान चैत २७ गते भइसकेको छ ।

प्रथम कुम्भ महास्नान वैशाख १ गते, द्वितीय कुम्भ महास्नान वैशाख ११ गते कुम्भ नगरी क्षेत्रमा रहेको सप्तकोशी नदीमा विधिपूर्वक स्नान गरिने भएको छ । त्यस्तै तृतीय कुम्भ महास्नान वैशाख २६ गते, चौथौ महास्नान १६ गते र अन्तिम महास्नान २६ गते गरेको छ ।

नेपालमा एक र भारतका चार गरी जम्मा पाँच स्थानमा लाग्ने गरेको कुम्भ मेला नेपालमा सुनसरीको वराहक्षेत्रस्थित चतरामा लाग्दै आएको छ ।

विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाको रूपमा सनातन हिन्दु धर्मलम्बीहरुले लिने गरेको कुम्भ मेलामा लाखौँ मानिसहरूको जमघट हुने बताइएको छ ।

प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालदेखि कुम्भको आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गरेको हो ।

कुम्भको विधान उल्लेखित हस्तलिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद गुरु वालसन्त मोहन शरणले बताए ।

अमृतको थोपा झरेको भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्व र महिमा ठुलो रहेको छ ।

कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ–जहाँ अमृत खस्यो त्यहाँ–त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ ।

नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानीको रुपमा स्थापित भएको उनले बताए ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved