वीपी सुधारका लागि राजनितिक दलको ध्यानाकर्षण सिनेट पछि फार्मेसी कर्मचारी सँग छलफल गर्ने भिसिको प्रतिबद्धता

  • चैत्र २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दक्षिण एशियाकै उत्कृष्ठ मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सँगै कर्मचारीहरुको विवादित विषयहरुमा धरानका राजनितिक दलका प्रतिनिधीहरुले प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएका छन् ।

सोमबार धरानका विभिन्न दलका प्रतिनिधीहरुले प्रतिष्ठानको उपचार सेवा माथि उठिरहेको गुनासाहरु संबोधन गर्न उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई ध्यानाकर्षण गराएका हुन् । छलफलमा विशेष गरि केही महिना अघि देखि फार्मेसी कर्मचारीहरुले गरेको आन्दोलनमा केन्द्रित रहेको थियो ।

सोमबार नेकपा एमाले जिल्ला सदस्य नारायण सुवेदी, नगर अध्यक्ष हर्कजंङ एभेङ, नेपाली कांग्रेसका नगर सभापति श्याम पोखरेल, उपसभापित समेत रहेका वडा नम्बर १८ का अध्यक्ष प्रविण राई, नेकपा समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई,

जनता समाजवादीका नगर अध्यक्ष ताजुव लिम्बु, कार्यपालिका सदस्य दिनेश गजमेर लगायतको टोलिले आउँदै गरेको सिनेट बैठक, प्रतिष्ठानको उपचार सेवा, फार्मेसी कर्मचारीहरुको मागलाई सम्बोधन गर्नु पने लगायतका विषयहरुमा उपकुलपतिको ध्यानाकर्षण गराएका थिए ।

छलफलका क्रममा जनता समाजवादीका नगर अध्यक्ष लिम्बुले फार्मेसीका कर्मचारीहरुको मागका विषयमा जानकारी मागेका थिए ।

उनले फार्मेसी कर्मचारीहरुको माग लाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गरे । त्यसै गरि नेपाली कांग्रेसका नगर सभापति पोखरेलले फार्मेसी कर्मचारीहरुले उठाएको वास्तविकताको विषयमा जिज्ञासा राखेका थिए ।

त्यसै गरि नेकपा एमाले धरान नगर अध्यक्ष एभेङले प्रतिष्ठान भित्र रहेको समस्याहरुको लिष्ट नै तयार पारेकाले त्यसलाई माग पत्र सहित बुझाउने तयारी रहेको बताए ।

उनले उपकुलपतिलाई पटक पटक समस्याहरुका विषयमा जानकारी गराउन सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको गुनासो गरे । प्रतिष्ठानमा हुने गरेको समस्याहरुलाइ यथासिघ्र समाधान गर्न पनि उनले आग्रह गरे ।

त्यस्तै वडा नम्बर १८ का वडाअध्यक्ष समेत रहेका कांग्रेसका नगर उपसभापति राईले आइसियु, आकस्मिक कक्षको शौचालय, खानेपानीको व्यवस्था लगायत कर्मचारीहरुको मागको विषयमा उपकुलपतिले ध्यान नदिएको गुनासो गरे ।

छलफलमा उपकुलपति डा. गिरिले फार्मेसी कर्मचारीहरुको माग सम्बोधन गर्न तयार रहे पनि उनीहरुले नै समस्यालाई अल्झाइरहेको बताए । छलफलका लागि अघिल्लो दुई पटक बोलाउँदा पनि उनीहरु नआए पनि समस्या अल्झीरहेको उनले बताए ।

उनले भने, ‘म आउने बित्तिकै दुई पटक भैसक्यो, तपाईहरु छलफलमा आउनुस, भनेर पर्खेर बसे, तर उहाँहरु आउनु भएन्, यता म सिनेट बैठकको तयारीमा लागेको थिए, त्यस पछिको समय दिन सकिन् ।’

उनका अनुसार फार्मेसीका कर्मचारीहरुलाई तत्कालिन सुरक्षाको जिम्मेवारी लिएको केटिएम सर्भिसेजले लिएको थियो ।

प्रतिष्ठान सँग फार्मेसी कर्मचारीहरुको सम्झौता भए पनि अहिले केटिएमले छाडेर गए पछिको अवश्थामा के गर्ने भन्ने विषय उल्लेख नभएको बताए ।

उनले भने, फार्मेसीमा काम गरिरहेका कर्मचारीहरुमा अनुभव छ, काम गरिरहनु भएको छ, काममा राख्दा उहाँहरुलाई नै राख्ने हो, तर प्रक्रियागत ल्याउनु पर्ने हुन्छ, उहाँहरु सँग छलफल गरे पछि केटिएमको प्रतिनिधिलाई पनि बोलाएर छलफल गराउँछु ।’

राजनितिक दलका प्रतिनिधीहरु सँग उनले सिनेट बैठक सम्म पर्खि दिन आग्रह गरे ।

चैत्र ३० गतेको सिनेट बैठक पछि वैशाखको २÷३ गते तिर सबै सँग बसेर छलफल गरेर निकास निकाल्ने उनले बताए ।

प्रतिष्ठानमा देखिएका समस्याहरु समाधान गर्न सिनेट बैठक राखिएको उनले बताए ।

सिनेट बैठकबाट एमसिएच भवन, क्यान्सर उपचार केन्द्र, मुटु रोगको उपचार केन्द्र लगायत विषयहरु टुंगो सिनेट बैठकले लगाउने उनले बताए ।

उनले अबको ३ महिना भित्र एमआरआई मेशिन समेत इन्स्टल गरिसक्ने प्रतिबद्धता जनाए ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved