इलामका उम्मेदवारः वकिल, पत्रकारदेखि ठेकेदारसम्म सुमन पुरी

  • चैत्र २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

विराटनगर/  वैशाख १५ मा हुने उपनिर्वाचनका इलाम–२ मा २० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय इलामका अनुसार १२ जनाले दलका तर्फबाट र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दिएका मध्ये सबैभन्दा कान्छा अर्जुन शाही छन् । उनी २५ वर्षका छन् ।

स्वतन्त्र रूपमा उम्मेदवार बनेका योगेन्द्र गुरुङ २९ वर्षका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू ३१ वर्ष पुगेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो ।

एमाले–नेकपा (माओवादी केन्द्र) र विप्लव नेकपाका साझा उम्मेदवार सुहाङ नेम्वाङ ३३ वर्षका छन् । अर्का स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईँको पनि उमेर ३३ नै छ । मनोनयन दर्ता गराएका मध्ये नेसनल रिपब्लिक नेपाल दलका धनराज रानामगर ३६ वर्षका छन् ।

नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार दीपेश बोहरा ३७ वर्षका छन् ।

स्वतन्त्र उम्मेदवार राज बस्याल ४० वर्ष पुगेका छन् । यस्तै जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ ४४ वर्ष पुगेका छन् । राप्रपाका लक्ष्मी गुरुङ ४५ वर्ष र नेकपा (एस) का जीतबहादुर राई ४६ वर्षका छन् ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ४८ वर्षका पुगेका छन् ।

उनी अघिल्लो निर्वाचनमा सुवासचन्द्र नेम्वाङ्गसँग पराजित भएका थिए । यस्तै स्वतन्त्र रूपमा उम्मेदवार भएका मनोज निरौला ४९ वर्षका छन् ।

मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू ५३, नेपाली जनता दलका रेशमबहादुर सुनुवार ५४, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम ५६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त सिंह ६४ वर्ष पुगेका छन् । पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिम २० जनामध्येकै जेठा ६८ वर्षका छन् ।

यहाँ डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईँ, दीपेश बोहरा, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

इलामका उम्मेदवार– को–कस्ता ?

बाम गठबन्धनबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ कानून व्यवसायी हुन् ।

एमाले केन्द्रीय कानून विभागका सदस्य सुहाङ दिवंगत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

उनी इलामको फुटबल क्षेत्रको विकासमा यसअघि देखि नै सक्रिय थिए । भदौ २६ मा सुवासचन्द्रको निधन भएपछि बुवाले चुनाव जितेको क्षेत्रमा सुहाङ उम्मेदवार बन्ने चर्चा सुरू भइसकेको थियो । बुवाको १३ औँ दिनको पुण्य तिथिमा इलाम बजारमा आयोजित शोक सभामा सुहाङले भनेका थिए– ‘म बुबाको सपना पूरा गर्छु ।’

युवाहरूमाझ लोकप्रिय सुहाङ राजनीतिमा युवाहरूको आकर्षण बढाउन राजनीतिमा होमिएको बताउँछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार भएका मिलन लिम्बू पत्रकार हुन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको महासचिव थिए । माओवादीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका सचिव समेत रहेका मिलन इलाम माङ्सेवुङ्गका स्थायी बासिन्दा हुन् ।

उनले उपनिर्वाचनको मिति घोषणा भएसँगै स्वतन्त्र रूपमा उम्मेदवार बन्ने घोषणा गरेका थिए । रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएकोमा उनले बाजी मारे । लिम्बूले केही साताअघि माओवादी त्याग्दै स्वतन्त्र रहेको घोषणा गरेका थिए ।

पार्टीको जिल्ला सभापतिसमेत रहेका डम्बरबहादुर खड्कालाई कांग्रेसले पुनः अघि सारेको छ ।

गत मंसिरमा उनी एमालेका सुवासचन्द्र नेम्वाङसँग झिनो मतले हारेका थिए । उनी ठेकेदारसमेत हुन् ।

नेकपा (एकीकृत समाजवादी) ले जिल्ला सचिवालय सदस्य जीतबहादुर राईलाई मैदानमा उतारेको छ ।

राई इलामकै माइजोगमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष जितेका राई ७९ सालमा एसमा आएर गठबन्धनबाट उठेका थिए ।

उनी एमालेका कुशबहादुर थेबेसँगै पराजित भए । विद्यार्थी राजनीतिबाटै सक्रिय राईले राष्ट्रिय युवा संघमा पनि लामो समय काम गरेका छन् ।

पहिचानवादीबाट उम्मेदवार बनेका डाकेन्द्रसिंह थेगिम प्रदेश नम्बर १ पुन नामकरण संयुक्त संघर्ष समितिका अगुवा हुन् ।

पूर्वशिक्षक थेगिमले केही महिना अघि एमालेको सदस्यता त्यागेका थिए । कोशी नामकरणपछि उनी पहिचानको आन्दोलनमा होमिएका थिए । किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष समेत रहेका थेगिम किराँत धर्मगुरु आत्मनन्द लिङ्देनका निकट सहयोगी मानिन्छन् ।

उनलाई धरानका मेयर हर्क साम्पाङले पनि समर्थन जनाएका छन् । अहिले यो क्षेत्रमा आफूबाहेक अरू स्वतन्त्र उम्मेदवार नभएको थेगिमको जिकिर छ ।

राप्रपाले उठाएका लक्ष्मी गुरुङ २०५६ सालदेखि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघमा आबद्ध छन् ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved