महाकुम्भ मेला : धरानमा धार्मिक पर्यटन भित्र्याउन मुल समिती सँग छलफल

  • चैत्र १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बराहक्षेत्रमा चैत्र २७ गते देखि शुरु हुने पिण्डेश्वर महाकुम्भ मेलामा आएका धर्मावलम्बीहरुलाई धरान स्थित पिण्डेश्वर मन्दिरमा दर्शन गराउँन ल्याउने वातावरण तयार गर्न धरान उपमहानगरपालिकाले पिण्डेश्वर महाकुम्भ मेला मुल आयोजक समिती सँग छलफल गरेको छ ।

प्रत्येक १२ वर्षमा बराहक्षेत्रमा लाग्दै आएको पिण्डेश्वर महाकुम्भ मेलामा आउने भक्तजनहरुलाई धरानको पिण्डेश्वर मन्दिरमा ल्याई जल चढाउने व्यवस्था गर्न छलफल भएको हो ।

मुल समितीका सह–अध्यक्ष बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की सहित पदाधिकारीहरु र धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम वेघाको सहितको टोलिले छलफल गरेको हो ।

छलफलमा धरानमा धार्मिक पर्यटन प्रवद्र्धनका विषयलाई प्राथमिकतामा राखिएको थियो ।

कुम्भ मेलामा करिब ३० लाख भक्तजनहरु आउने अनुमान गरिएको छ । त्यसको १ प्रतिशत मात्रै पनि धरानको पिण्डेश्वर मन्दिर दर्शन गर्न ल्याउन सके धरानको व्यापार व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ ।

धार्मिक सास्त्र अनुसारनै महाकुम्भमा आएका भक्तजनहरुले सप्तकोशीमा स्नान गरि धरान स्थित पिण्डेश्वर मन्दिरमा जल गरे मात्रै पुण्य पाइने उल्लेख गरे अनुसार यस वर्ष देखि महाकुम्भ मेलालाई पिण्डेश्वर महाकुम्भ मेला नामाकरण गरिएको मुल समितीका महासचिव प्रल्हाद भट्टराईले बताए ।

उनले भने, पिण्डेश्वर मन्दिरको बारेमा सास्त्रमै उल्लेख भएकाले कुम्भमेलामा सप्तकोशीमा स्नान गरि पिण्डेश्वर मन्दिरमा जल अर्पण गरे पछि कुम्भमेला सम्पन्न हुन्छ, त्यसैले कुम्भमेलामा आएका सबैले यहाँ स्नान गरि पिण्डेश्वर अनिवार्य जानै पर्छि ।’ यही सन्देश सबैमा पुर्याउँदै प्रचार प्रसार गरिने उनले बताए ।

मुल समितीका सह–अध्यक्ष कार्कीले धरान र बराहक्षेत्र धार्मिक रुपले जोडिएका हुनाले यस महाकुम्भ मेलाले पनि जोडेर लाने विश्वास व्यक्त गरे । उनले मेलाको विषयमा हुने प्रचार सामग्रीहरुमा धरानको पिण्डेश्वरलाई पनि समावेश गर्दै लैजाने बताए ।

धरानको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग गरिने उनले बताए ।

यसै गरि धरान उपमहानगरपालिकाका उपमेयर वेघाले मेलालाई सफल बनाउन दुवै पालिकाले समन्वय गर्दै सहकार्य गरि अघि बढ्ने बताए ।

दुवै नगरमा धार्मिक सम्बन्ध पनि देखिएकाले हातेमालो गर्दै मेला सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

छलफलमा धरान उपमहानगरपालिकाको तर्फबाट सहभागि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले मेलाका अवसरमा हुने गरेका महास्नानका दिन स्नान गर्नेहरुलाई अनिवार्य धरान सम्म पुर्याउने व्यवस्था गरिदिन आग्रह गरे ।

संघको तर्फबाट विभिन्न स्थानमा गेट निर्माण गरिने, कार्यक्रम स्थलमै प्रचार प्रसारका लागि डिजिटल मनिटरहरु जडान गरिने उनले बताए ।

त्यसै गरि संघका द्वितिय उपाध्यक्ष तथा मुल आयोजक समिती धरानका कोषाध्यक्ष रामस्वरुप शर्माले राष्ट्रपतीले उदघाटन गरिसके पछि धरानको पिण्डेश्वर मन्दिरमा समेत जल चढाउने व्यवस्था मिलाईदिन आग्रह गरे ।

मेलामा आउने देश तथा विदेशका भक्तजन, धार्मिक गुरुहरुलाई पिण्डेश्वर मन्दिरमा जल चडाई सके पछि मात्रै फल प्राप्त हुने भनिएका सन्देशहरु प्रवाह गरिदिन पनि उनले बताए ।
छलफलमा धरानबाट संघका पुर्व अध्यक्ष सरोज श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडा, कार्यपालिका सदस्य तथा प्रचार प्रसार संयोजक दिनेश गजमेर, पर्यटन व्यवसायी बासुदेव बराल लगायतको उपस्थिती रहेको थियो ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved