विजयपुर अध्यात्मीक मञ्चद्वारा सामुहिक व्रतबन्ध

  • चैत १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गरी केही बर्ष अगाडिदेखि यस्ता संस्कार सर्वसुलभ ढंगबाट सबैको पहुँच पुग्ने गरी विजयपुर अध्यात्मीक मञ्च सुनसरीले यस बर्ष पनि सामुहिक ब्रतबन्धको कार्यक्रम सम्पन्न गरेको छ ।

धरान १४ मा रहेको पिण्डेश्वर मन्दिर परिषरमा मञ्चले यसरी सामुहिक सामाजिक संस्कार गरेको हो । कार्यक्रमकी संयोजक निर्मला नेपालका अनुसार निम्न आय भएका सबै जातजाति, धर्ममा आस्था राख्ने र ब्रतबन्ध गर्न चाहने हरुको सामुहिक व्रतबन्ध गरिएको हो ।

२०४८ साददेखि नै शुरु गरिएको सामुहिक संस्कार बार्षिक रुपमा गर्दै आइरहेको छ ।

पूर्वाञ्चलका धेरै जिल्लाबाट कार्यक्रममा सहभागी हुने गरेका छन ।

फजुल खर्च नगरौं मितव्यायी बनौं सामुहिक सस्कार कार्यक्रममा सहभागी बनौं भन्ने मुल उद्देश्य राखी सामुहिक ब्रतबन्ध कार्यक्रम आयोजना गरिएको बताउदै पहिलो बर्ष नै १ सय ५१ जनाले ब्रतबन्ध गरेको संयोजक निर्मला नेपालले बताइन् ।

सामाजिक संस्कारलाई व्यवस्थित बनाउन मूल आयोजक समिति गठन गरि विभागीय समितिहरु समेत गठन गरिएको थियोे ।

मञ्चका महासचिव कमल प्रसाद भट्टराईले १६ संस्कारमध्ये ब्रतबन्ध एक संस्कार भएकोले भड्किलो र खर्चिलो संस्कारलाई सहज ढंगबाट गर्न विगतदेखि नै मञ्चले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताए ।

ब्रतबन्धपछि मात्र कर्म चल्ने मान्यता रहेकोले फजुल खर्च नगरी सहज ढंगबाट ब्रतबन्ध गर्ने वातावरण मञ्चले मिलाइदिएको उनको भनाई छ ।

ब्रतबन्धलाई उपनयन कर्म भन्ने गरिएको छ । यो कर्ममा एकै दिन चारवटा संस्कार गरिने गरिएको छ । ब्रतबन्ध गरेपछिमात्र वेद पढ्न पाउने अधिकार प्राप्त हुने भएकोले ब्रतबन्धकै दिन बेदआरम्भ गरिने उनले बताए ।
सो अवसरमा मञ्चले कोशी प्रदेशका ५ जिल्लाबाट आएका २१ जना बटुकको सामुहिक ब्रतबन्ध गरिएको र २ जना बालिकाको गुन्युचोली सम्पन्न गरिएको मञ्चका उपाध्यक्ष उद्धवप्रसाद अधिकारीले जानकारी दिए ।

विगतदेखि नै थोरै खर्चमा सामुहिक व्रतबन्ध गराउदै आएको मञ्चले निरन्तर गर्दै आएकोप्रति बटुकका अभिभावकहरुले समेत सहजता महसुस गर्दै आएका छन् ।

सहजताकै कारण पनि प्रत्येक बर्ष आयोजित सामुहिक व्रतबन्ध गराउनेको संख्यामा समेत वृद्धि हुदै आएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved