‘कुम्भ स्नान पछि पिण्डेश्वर दर्शन गरे मात्रै पुण्य मिल्ने’

  • चैत्र १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ मेलाले यस वर्ष देखि धरानको पिण्डेश्वर मन्दिरको दर्शनलाई जोडेर पिण्डेश्वर पुर्ण कुम्भ मेलाको तयारी तिब्र पारिएको छ । 

बराहक्षेत्र नगरपालिकाको चतराधाममा आगामी चैत्र २७ गतेदेखि वैसाख २८ गतेसम्म हुन गइरहेको महाकुम्भमा कौशिकी नदीमा स्थान गरि धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा दर्शन गरे पछि कुम्भ मेलाको सार्थकता पाउने गरि प्रचार प्रसारलाई पनि तिब्र पारिएको छ । 

१२ बर्षमा लाग्ने महाकुम्भ मेलालाई हिन्दु धर्मालम्बीहरुको एक महान स्नान पर्वको रुपमा लिने गरिएको छ ।

यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका भए पनि हाल सम्म जम्मा ५ वटा स्थान मात्र पत्ता लागिसकेका छन ।

ति ५ स्थान मध्ये भारतका ४ ठाउँमा प्रत्येक ३–३ वर्षको अन्तरालमा लाग्दछ भने एक कुम्भ स्थल नेपालमा पर्दछ । इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड), र चतराधाम बराहक्षेत्र । 

धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरूबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको जगत गुरु बालसन्त मोहनशरण देवाचार्य बताउछन् ।

उनले कुम्भमेलाको समयमा धरानमा रहेको पिण्डेश्वर मन्दिरको महत्व पनि जोडिएकाले त्यहाँ समेत दर्शन र पूजा गर्नुपर्नेमा जोड दिए ।

यो कुम्भको नाम नै पिण्डेश्वर कुम्भ मेला भएको जगत गुरु रामानन्दचार्य स्वामी कृष्ण महायोगी सिद्धबाबा कृष्ण दास बताउँछन् ।

पिण्डेश्वर साक्षात अमृतको पिण्डबाट बनेको भगवान शिवको स्वरुप रहेको तर्क उनी राख्छन् ।

पिण्डेश्वरको रुपमा भगवान शिव कौशिकीको निकटतम विजयपुर डाँडामा विराजमान भएकोले कौशिकीमा स्नान गर्नु बराहक्षेत्र, मैनामैनी, सूर्यकुण्ड, विष्णुपादुका, दन्तकाली शक्तिपीठ, रामधुनी, शंकटमोचन हनुमान जीको दर्शनका साथै भगवान पिण्डेश्वरको दर्शन गरेपछि मात्र कुम्भको स्थान र कुम्भमा सहभागी हुने कार्यको पूर्णता हुने उनको भनाई छ ।

मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा महाकुम्भ मेला आयोजना हुँदै आएको छ ।

यस पटकको कुम्भ मेलालाई सफलता पूर्वक सम्पन्न गर्न बराहक्षेत्र लगायत विभिन्न स्थानमा विभिन्न समिति, उपसमितिहरु बनेका छन् भने सुरक्षालाई समेत मध्यनजर गरिएको छ ।

सबै क्षेत्रका व्यक्तित्वहरुले यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

यस पटकको कुम्भ मेलामा ३० लाख धार्मिक भक्तजन आउने आयोजकले जनाएको छ ।

यता पिण्डेश्वर मन्दिर पनि कुम्भ मेला सँग जोडिएकाले धरान उपमहानगरपालिकाले धार्मिक पर्यटकहरुलाई सेवा प्रदान गर्न मुल समितीनै गठन गरेको छ ।

उपमहानगरपालिकाका मेयर हर्कराज राईको संयोजकत्वमा उपमहानगरका २० वटै वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु, सुनसरी उद्योग वाणिज्य संघ, होटल एशोसियन अफ धरान, यातायात व्यवसायी, पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाहरुको प्रतिनिधी, तिनवटै सुरक्षा निकायहरुको मुल समिती गठन गरेको छ । 

मुल समितीले दुई चरणको छलफल चलाई सकेको छ । छलफलका क्रममा पिण्डेश्वर मन्दिरको दैनिक रुपमा सरसफाई, पिण्डेश्वर मन्दिर दर्शन गर्न आउने धर्मावलम्बीहरुका लागि सहज व्यवस्थापनलाई प्राथमिकता दिइने जनाएको छ ।

धर्मावलम्बीहरुलाई धरानका सबै मठ मन्दिर घुम्ने व्यवस्था, सहुलियत भाडादर, होटलहरुमा बस्ने छुटको व्यवस्था समेत गरिएको मुलसमिती संयोजक मेयर राईले बताए । 

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved