चतरा सामुदायिक बहुउदेश्यीयद्बारा कृषकलाई अभिमुखिकरण संगम बिष्ट

  • फाल्गुन २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाले पशुपालन कृषकहरुलाई एक दिने कृषक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

सहकारीले ग्रीन फिड इण्डष्ट्रिज प्रालिसंगको प्राबिधिक सहयोगमा उक्त अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

व्यवसायिक रुपमा पशुपालन गरि नियमित दूध उत्पादन गरी बिक्र गर्दै आएका कृषकलाई आहार व्यवस्थापन
पशुपालन व्यवस्थापन , मल मुत्र व्यवस्थापन , महामारी रोग ,

उपचार विधि , कृषि अनुदान लगाएको बिषयमा जानकारी दिइएको चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाकि अध्यक्ष सीता भण्डारी पौडेलले बताईन् ।

एक दिने कृषक अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारले दुध उत्पादन कृषकलाई दिदै आएको प्रति लिटरमा २ रुपैया अनुदार रकम बारे जानकारी र प्राप्त गर्ने माध्यम बारेमा समेत सहजिकरण गरिएको चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाका व्यवस्थापक बाबुराम खत्रीले जानकारी दिए ।

कृषकहरुलाइ पशु चिकित्सक राकेश कुमार यादब , वराहक्षेत्र नगरपालिका पशु सेवा शाखाका पशु प्राबिधिक मेघराज बस्नेत
ग्रीन फिड इण्डष्ट्रिज प्रालिसंगको प्राबिधिकहरुले सहजिकरण गरेका थिए ।

चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाकि अध्यक्ष सीता भण्डारी पौडेलको सभाध्यक्षतामा आयोजना भएको उक्त अभिमुखिकरण कार्यक्रममा वराहक्षेत्र नगरपालिका वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सहकारीका व्यवस्थापक बाबुराम खत्री ,

उपध्यक्ष दिपक कार्की , आदर्श माबिका पुर्ब प्रध्यनाध्यापक तथा सहकारीका प्रशिक्षक ज्ञाननहादुर पाण्डे लगाएत अतिथि रहेका थिए ।

अभिमुखिकरण कार्यक्रममा नियमित दुध उत्पादन गरि बिक्रि गर्दै आएका पशुपालन कृषकहरुको सहभागिता रहेको थियो ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved