कोशीको थेग्य्रान व्यवस्थापन नहुँदा नदीको सतह बढ्दै

  • फाल्गुन २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वर्षामा बाढीले भरिने सप्तकोशी नदी हिउँदमा बालुवाका टापुले भरिभराउ देखिन्छ । वर्षायाममा आउने कोशीको बाढीले त्रसित बनेका कोरिडोर आसपासका बस्तीलाई कोशीको सतह बालुवाले पुरिँदै गएपछि थप भयभीत बनाउँछ ।

वर्षाको बाढीमा धमिलो पानीसँगै बगेर आउने बालुवा, लेदो, माटो र ग्रेगरले प्रत्येक वर्ष कोशीको सतह उच्च हुँदै गइरहेको छ । थुप्रिएको थेग्य्रान व्यवस्थापन नहुँदा नदीको सतह बढ्दै गएको हो ।

पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लामटाङ हिमाल (गोसाइँकुण्ड) सम्मको ठुलो भूभागमा फैलिएका साना ठुला नदीलाई समेटेको सप्तकोशी नदी नेपालको सबैभन्दा ठुलो नदी हो । यो भारतको गङ्गा नदीमा गएर मिसिन्छ ।

सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोशी नदीमा बालुवा थुपिँ्रदै गएपछि नदीकै सतह पुरिँदै आएको छ ।

नदीको सतह उठेपछि नदीको बाढी तटबन्ध छेउसम्म आउँछ जसका कारण केही वर्षदेखि कोशीमा पानीको मात्रा थोरै बढ्दा पनि बाढीले ठुलो रूप लिने गरेको छ ।

वराहक्षेत्र–९ का स्थानीय भीम कार्की भन्नुहुन्छ, “पहिले पहाडतिरबाट घर नै बगाएर ल्याउँदा पनि कोशीमा त्यत्रो बाढी आउँदैनथ्यो, अहिले सामान्य बाढी आउँदा पनि तटबन्ध छेउमै पानी आइपुग्छ ।”

किन पुरिँदै छ कोशीको सतह चतरासम्म खोँच हुँदै बग्ने नदी चतराबाट समथर क्षेत्रमा फैलिएर बग्छ ।

बाढीसँगै बगेर आएका बालुवा, माटोको गेग्य्रानले समथर भूभागमा टापु जस्तो बनेर जमिदिन्छ ।

जसका कारण बर्सेनि नदी सतह बढ्न पुगेको छ । कोशी ब्यारेजमा बनेको ढोकाले थेग्य्रानलाई निर्बाध रूपमा बग्न अवरोध गर्छ ।

सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजका ढोका भारतले आफ्नो अनुकूलमा मात्रै खोल्ने हुँदा पुलकै कारण बाढीमा थेग्य्रान निर्बाध रूपमा बग्न पाउँदैन । यसबाट वर्ष याममा नेपालीले बाढीको ठुलो प्रकोप भोगिरहनु परेको छ । पाँच दशकदेखि सयौँ नेपाली परिवार त्यही प्रकोपको सामना गर्न बाध्य भएका छन् ।

सप्तकोशी डुबान कटान बाढीपीडित सङ्घर्ष समितिका उपाध्यक्ष लालबहादुर लिम्बू कोशी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सतह उच्च हुँदै आएपछि प्रत्येक वर्ष नदीले आफ्नो बाटो परिवर्तन गर्दै बग्ने गरेको छरु ।

नदीलाई आफ्नै अवस्थामा फर्काउन नदीको सतहबाट बालुवा व्यवस्थापन गर्न अति आवश्यक भइसकेको छ ।”

करिब नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमताको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानी हुनेबित्तिकै नदी टिलपिल हुन्छ ।

स्थानीय नेत्र घिमिरेका अनुसार पहिला कोशी गहिरो थियो, अहिले बालुवाले पुरिँदै आएको छ ।

घिमिरे भन्नुहुन्छ, “मैले थाहा पाउँदासम्म कोशी पश्चिमतर्फ थियो । कोशी कहिल्यै स्थिर भएर बगेको छैन । कहिले पश्चिम भएर बग्छ कहिले बिचबाटै त कहिले पूर्वी तटबन्धको छेउबाट ।”

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved