धरान एक्स्पो :आज एलिना चौहानको प्रस्तुति

  • फागुन १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० कोसातौं दिन आज चर्चित गायिका एलिना चौहानले प्रस्तुति गर्ने भएकी छन् ।

फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेकी नेपालकी चर्चित गायिका एलिनाले आज  ‘‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’  लगायतका गीत चर्चित गीतहरू पस्कने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

साँझ ६ बजे देखि सुरु हुने  एक्स्पोमा आज  एलिनासँगै स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति दिने  संयोजक  श्रेष्ठले जानकारी दिए ।

सुनसरीको व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय स्टल अवलोकन गर्न सकिनेछ ।

राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छ । एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले जानकारी दिए । 

१३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १६ करोड बढीको कारोबार हुने र तीन लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

धरानमा हुनेभयो 'मिस् ...

धरान/ नेपाल तरुण दल, सुनसरी क्षेत्र नम्बर १ क्षेत् ...

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved