धरान एक्स्पो :आज एलिना चौहानको प्रस्तुति

  • फागुन १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० कोसातौं दिन आज चर्चित गायिका एलिना चौहानले प्रस्तुति गर्ने भएकी छन् ।

फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेकी नेपालकी चर्चित गायिका एलिनाले आज  ‘‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’  लगायतका गीत चर्चित गीतहरू पस्कने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

साँझ ६ बजे देखि सुरु हुने  एक्स्पोमा आज  एलिनासँगै स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति दिने  संयोजक  श्रेष्ठले जानकारी दिए ।

सुनसरीको व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय स्टल अवलोकन गर्न सकिनेछ ।

राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छ । एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले जानकारी दिए । 

१३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १६ करोड बढीको कारोबार हुने र तीन लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved