व्यापार चलायमान बनाउँदै धरान एक्स्पो

  • फाल्गुन १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै धरानको व्यापार, व्यवसाय चलायमान गराउन गत फागुन ११ गते देखि शुरु भएको ‘धरान एक्स्पो २०८०’ को चौथो दिन सम्म मध्यम व्यापार गर्दै अघि बढेको छ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित धरान स्टेडियम परिषरमा संचालित एक्स्पोले व्यापार मध्यम नै रहे पनि व्यापार चलायमान गराएको स्थानीयको भनाई छ । केही दिन अघि मात्रै धरान डे को अवसरमा उत्सव आयोजना गरिएकाले केही प्रभाव पारेको धरान १५ का रविन राई बताउँछन् ।

उनी भन्छन्, ‘केही असर परेको छ, तर सस्तो व्यापार पनि भएकाले बजार प्रवद्र्धनमा टेवा पुगेको छ ।

एक्स्पोमा राखिएको जुत्ता चप्पल पसलको प्रवद्र्धन गर्दै धरान १७ की जिवनकला राईले सस्तोमा पाइने भएकाले सबैलाई किन्न जान पनि आग्रह गरिन् । एउटा किन्दा एउटा फ्रि पाइने भएकाले सबैलाई सस्तो हुने उनले बताईन् ।

रैथाने उत्पादन सहित अन्य जिल्लाबाट आएका उद्यमी, व्यापारी, व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवद्र्धनका लागि स्टलहरु राखेका छन् । एक्स्पोमा धरानमा स्थानीय उद्यमीहरुले उत्पादन गरेको बेसार, तितेपातीबाट बनेका साबुनहरु, अग्र्यानिक खाद्य वस्तुहरु राखिएका छन् ।

धरान बाहिरबाट पाँचथरको मिक्लाजुङ स्थित सगुन फलफूल प्रशोधन उद्योगले किवी फलबाट तयार गरेको अग्र्यानिक जुस, वाइन सहितका पेय पदार्थ सौखिनहरूका लागि उपलब्ध छ । गृहिणीहरूका लागि अग्र्यानिक खाद्य वस्तु, बेसार देखी सरसफाइका साबुन लगायतका उत्पादक कम्पनीहरूबाट सुलभ मूल्यमा विक्री वितरण भइरहेका छन् ।

एक्स्पोमा नेपालमा बनेका दैनिक प्रयोगमा आउने उपयोगी वस्तु, मोटरसाइकल, घर निर्माणका प्लम्बिङ देखी इट्टा सम्मका सामाग्री बिक्री वितरण र प्रदर्शनमा छन् ।

एक्स्पोमा नेपाल, भारत बङ्गलादेश, पाकिस्तान लगायतका देशहरूबाट प्रदर्शकहरूको उपस्थिति रहेको छ ।

प्रत्येक दिन सांगितिक कार्यक्रमहरु संचालन गरिरहेको छ ।

एक्स्पोमा बेलुका ४ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै दिनभर एक्स्पो किनमेल कालागी आउने उपभोक्ताका लागी कुनै प्रकारको पार्किङ शुल्क समेत नलाग्ने आयोजकले जानकारी दिएको छ ।

रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा त्यसै अनुसार ५ बजेपछि टिकट सिस्टम राखेका छौँ ।’

एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताए ।

फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, सेल्फी जोन, किड्स जोन रहेको आयोजकले जनाएको छ ।

मेलामा यसपालि युवाहरूका लागि ट्याटु र फेस पेन्टिङ गर्ने सुविधा पनि थपिएको छ ।

स्टलमै ट्याटु खोपाउने सुविधा सहितको स्टल राखिएको हो । युवाहरूलाई फेस पेन्टिङ सिन स्टलमै गरिने सुविधा छ ।

चित्रकारद्वारा हातैले आर्ट गरेको चित्रकला घरमा सजाउने सौखिनहरूका लागि पोट्रेट, ल्याण्डस्केपहरु पनि विक्रीमा छन् ।

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved