वराहक्षेत्र मेयर लिग कप फुटबल: वडा नं ९ बिजयी , दोस्रो खेलमा वडा नं १० विजयी

  • माघ २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा वडा नं ९ बिजयी भएको छ । वडा नं ९ ले वडा नं ४ लाई शुन्यका बिरुद्ब ६ गोलको अन्तरले पराजित गरेको थियो ।

दुई खेलमा लगातार जित निकाल्लेको वडा नं ९ ले प्रतियोगितामा ६ अंङ्क जोडेको छ । त्यस्तै दुई खेलमा पराजित बनेको वडा नं ४ ले अङ्क जोड्न सकेको छैन ।

खेलमा उत्कृष्ट प्रदशन गर्दै दुई गोल गरेका वडा नं ९ का सुरेशकुमार लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै आइतबारनै भएको दोस्रो खेलमा वडा नं। १० विजयी भएको छ ।

वडा नं १० ले वडा नं ११ लाई शुन्यका बिरुद्ब पाच गोलको अन्तरले पराजित गरेको थियो ।
दुई खेलमा एक खेलमा पराजित र एक खेलमा बिजयी बनेको वडा नं १० ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल भएको छ ।

भने लगातार दुई खेलमा पराजित बनेको वडा नं ११ ले अङ्क जोड्न सकेको छैन ।

खेलमा २ गोल गरेका वडा नं १० का श्यामकुमार उराँब म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत बर्षदेखि लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा सोमबार पहिलो खेल वडा नं ३ र वडा नं ८ तथा दोस्रो खेल वडा नं १ र वडा नं ५ का बिच हुनेछ । नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं।

७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारि प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved