‘बालबालिकाको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको प्राथमिकता’

  • माघ २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।

साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताउदै उनले भने, ‘मैले दश वर्षमुनीका बालबालिकाको निशुल्क उपचारको व्यवस्था गरेर अपराध गरेको छु

भन्ने लागेको छैन, धेरै योजना काटिएको भन्दै विरोध हुने गरेको छ, बालबालिकाहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउनु मेरो अपराध हो ?’

शनिवार झापाको कमल गाँउपालिकालाई बालमैत्री शाषनयुक्त पालिका घोषणा गर्दै सामाजिक विकास मन्त्री समेत रहेका कार्कीले भौतिक विकासलाई मात्र विकासको रुपमा नहेर्न आग्रह गर्नुभयो ।

सरकार भौतिक विकासमा मात्र केन्द्रित नभएर मानवीय विकासमा केन्द्रित रहेको जनाए ।

उनले भने, ‘लोक कल्याणकारी प्रदेश निर्माणका लागि भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएको छ ।’

आर्थिक अभावमा उच्चशिक्षा लिन वञ्चितहरुका लागि प्रदेश सरकार रहेको अनुभुत गराउने उनले प्रतिबद्धता जनाए ।

चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरेको उनले बताए । बालबालिकाको मनोविज्ञान बुझेर अभिभावकहरुले बालबालिकाहरुलाई समय दिनुपर्नेमा उनले जोड दिए ।

कमल गाँउपालिका अध्यक्ष हुकुमसिंह राईले कोशी प्रदेशमा पहिलो बालमैत्री शाषन भएको गाँउपालिकाको रुपमा घोषणाा गर्न पाउदा खुशी लागेको बताए ।

उनले पालिकाका हरेक गतिविधि र कार्यक्रमहरु बालमैत्री बनाउने गरी आफुहरु लाग्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘लामो प्रयास र कसरतपछि हामी बालमैत्री शाषन भएको पालिकाको रुपमा स्थापित गरेका छौं ।’

पालिकाले नीति निर्माण गर्दादेखि लिएर हरेक क्षेत्रका बालबालिकाहरुको सहभागिता सुनिश्चित गर्दै लैजाने पनि जनाए । यसमा सबैको साथ र सहयोग प्राप्त हुनेमा आफूले विश्वास लिएको उनले बताए ।

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved