ज्वाँइलाई होइन अब छोरीलाई भोट दिएर सम्मान गर्नुहोस्: न्यौपाने

  • मंसिर १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर ।मोरङ क्षेत्र नं. ६ (क) प्रदेशसभा सदस्यकी उम्मेदवार रीता न्यौपानेले आफ्नै छोरीचेली सम्झेर मंसिर ४ मा भोट दिन मतदातालाई आग्रह गरेकी छन् । सो क्षेत्रको विभिन्न ठाउँमा भएको कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले परिवारवाद लिएर राजनीति गर्नेलाई नभई जनताको लागि राजनीति गर्नेलाई जिताउनुपर्ने बताइन् ।

‘युवा, महिला, बृद्धबृद्धाको प्रतिनिधित्व मैले गरेको छु’, उनले भनिन्, ‘युवा स्वरोजगार, महिला सशक्तीकरणलगायतका कुराहरु मैले गर्नेछु, ठूला आश्वासन बाँडेकी छैन, आफ्नो तहबाट गर्न सक्ने काम गर्छु भनेको छु ।’ ‘भूगोलमा बसेर राजनीति गरेकाले स्थानीय जनताको समस्या बुझेको छु, निर्वाचित भएपछि जनतासँगै छलफल गरेर जनताको काम गर्न प्रतिवद्ध भएर लाग्ने छु’, उनले भनिन् ।

‘तपाईँहरुले दशैमा टीका लगाएर ज्वाँइलाई सम्मान गरिसक्नुभएको छ’, उनले भनिन्, ‘मंसिर ४ मा मत दिएर छोरीलाई सम्मान गर्नुहोस् ।’

महिलाहरु अगाडि बढ्नुपर्ने बताउँदै उनले अब महिलाहरु कुनै पनि बहानामा पछि नहट्ने बताइन् । उनले भनिन, ‘पुरुष प्रतिस्पर्धीले महिलालाई होच्याएर महिला भएर भोट माग्न आएका हैनौं र फाटेको लुगा देखाउन आएका हैनांै भनेका छन्’, महिलाहरुको लागत र क्षमता मंसिर ४ पछि त्यसो भन्नेलाई देखाइदिनुपछर्’ ।

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved