अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आवश्यक

  • कार्तिक २९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

नेपाली अर्थतन्त्रमा जोखिम बढिरहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । यसबाट सबैभन्दा बढी साना तथा मझौला उद्योगी–व्यवसायीहरू निराश भएका छन् । अहिले मागमा आएको सङ्कुुचनले यस्तो समस्या ल्याएको बताइएको छ । स्टिलको व्यापार र माग ६०–७० प्रतिशतसम्म खस्केको बताइएको छ । यस्तै, सिमेन्टको व्यापार ५० प्रतिशतले र अटोमोबाइलको व्यापार ७० प्रतिशतले घटेको विषय सार्वजनिक भएको छ । प्लास्टिकका उत्पादन ३० प्रतिशतले तथा दैनिक उपभोग्य वस्तु र पेय पदार्थको मागमा पनि १५ प्रतिशतले कमी आएको बताइएको छ । यसले गर्दा उद्योगहरूले उत्पादन नै घटाउन थालेका छन् । विकास निर्माणका काममा पनि सुस्तता देखिएको छ ।

मागमा आएको यो सङ्कुचन सामान्य होइन । मागमा आएको यस प्रकारको सङ्कुचनको प्रभाव पनि सामान्य मात्र नहुने निश्चित छ । यसले नेपाली अर्थतन्त्र विकराल बन्दै गरेको सङ्केत दिन्छ । बजारमा यसको प्रभाव बृहत्तर हुने नै छ । यो समस्या लम्बिँदै गयो भने अर्थतन्त्रमा गम्भीर सङ्कट र असरहरू देखिन थाल्नेछ । निर्माण कार्यहरू सञ्चालन नहुँदा सिमेन्ट, क्लिङ्कर र स्टिलका उद्योगहरू पनि सङ्कटमा परेका छन् ।
आर्थिक तथा मौद्रिक नीतिका कारण बजारमा लगानीयोग्य पूँजीको अभाव हुँदा पूर्वाधार निर्माण ठप्प भएको र त्यसको मारमा उद्योग तथा कलकारखाना परेको विज्ञहरूको भनाइ छ । समस्या बढिरहेको हुँदा सरकारले यसलाई तत्काल सम्बोधन गर्नुपर्ने माग उद्योगी–व्यवसायीहरूले उठाइरहेका छन् । यस्तो अवस्था निरन्तर यथावत् रहे उद्योगसँगै समग्र अर्थतन्त्र निश्चित रूपमा गम्भीर समस्यामा जानेछ ।
यसर्थ, सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । अहिले देश आम निर्वाचनको सम्मुखमा खडा छ । यस्तो बेलामा राजनीतिक दल, तिनका नेता र सरकारको ध्यान पनि निर्वाचनमै केन्द्रित छ । त्यसैले अहिले सरकारको ध्यान अन्य क्षेत्रमा नहुन सक्छ । यो धेरै अस्वाभाविक नमानिन सक्छ तर निर्वाचनपछिको पहिलो सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्छ ।
बलियो अर्थतन्त्र नै देशको जीवनाधार हो । बलियो अर्थतन्त्रविना कुनै पनि क्षेत्रको विकास सम्भव छैन । देशको समृद्धिसँग नागरिकहरूको जीवनस्तर गाँसिएको हुन्छ । त्यसकारण नागरिकहरूको जीवनस्तरलाई माथि उठाउन देशको समृद्धि आवश्यक छ । यसका लागि बलियो अर्थतन्त्र अपरिहार्य छ । यसतर्पm सरकारको ध्यान जानुपर्छ । कोभिड महामारीपछि भर्खर तङ्ग्रिन थालेको अर्थतन्त्रमा ठूूलो सङ्कट देखिन थालेको छ । यसलाई चाँडै सम्बोधन गर्नु आवश्यक छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved