संघयि लिम्बुवान स्थानीय नेता सहित दर्जन बढी माओवादी केन्द्रमा प्रवेश

  • कार्तिक १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ संघीय लिम्बुवान रापष्ट्रय मञ्च धरान नगर कमिटीका अध्यक्ष सन्जुहाङ सावा लिम्बू सहित नगर र वडाका एक दर्जन बढी जिम्मेवार नेता तथा कार्यकर्ता आइतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

धरान–१२ स्थित होटल पुर्बी स्टारमा आयोजित पार्टी प्रवेस कार्यक्रममा प्रबेस गर्ने अन्य नेता, कार्यकर्ताहरुमा बिनोद लिम्बू, दिपक राई, छबिन लिम्बू, लोकेन्द्र लिम्बू, आशिष् लिम्बू, पुर्ण सावा लिम्बू, हर्क राई, प्रकाश लिम्बू रहेका छन् । यसैगरि रत्न लिम्बू, पदम तामाङ, कमल तामाङ र राजकुमार सुन्दास समेत माओवादी केन्द्रमा प्रबेश गरेका छन् । संघीय लिम्बुवान राष्ट्रीय मञ्च परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले, संविधानसभाका सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य किरण कुमार राई, प्रतिनिधिसभा सदस्यका उमेद्वार एवम् पार्टीका प्रदेस न १ का सदस्य मुक्सामहाङ मेन्याङ्बो (मुकेस), धरान उप–महानगरपालिकाका उप–मेयर एवम् माओवादी केन्द्रका प्रदेश सदस्य अइन्द्र बिक्रम बेघा लगायतले अबिर र खदा लगाएर स्वागत गरे ।

नव प्रबेशी सञ्जुहाङ सावा लिम्बुलाई माओवादी केन्द्रको नगर उपाध्यक्ष र बिनोद लिम्बुलाई नगर सदस्यको जिम्मेवारी दिने निर्णय गरिएको धरान नगर अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनले भने–‘चाडै पार्टीको बैठक बसेर अन्य नेता, कार्यकर्ताहरुलाई पनि उचित जिम्मेवारी दिइने छ ।’ पूर्ववत पार्टीको नेतृत्व पंक्तिले एक्लौटी ढङ्गले काम गरेका कारण माओवादी केन्द्रमा प्रबेश गरेको सन्जुहाङ सावाले बताए ।

संविधान निर्माणको मुख्य एजेण्डा बोकेको माओवादी केन्द्रमा प्रवेश गरेर काम गर्ने इच्छा भएकै कारण पार्टी प्रवेश गरेको सावाले बताए ।
सुन्सरी–१(क) प्रदेशसभा सदस्यका लागि लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेद्वार उमेश थापाले भावनात्मक रुपमा एक भएर गठबन्धनलाई जिताउन आग्रह गरे । प्रतिनिधि सभाका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेस) ले आफू निर्वाचित भएमा सबैसङ्ग सहकार्य गरेर सुनसरी–१ को विकासमा लागि पर्ने बताए । त्यसैगरी सुनसरी–१ (ख) का गठबन्धनका साझा उम्मेद्वार रेवती रमण राईले प्रतिगमनकारीहरुलाई परास्त गर्न गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन आग्रह गरे ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved