झुनाज फिटनेस द्धारा महिला बास्केटवल टिमलाई सहयोग

  • भदौ २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नवौ राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटवल टिमलाई झुना राईले आफ्नो झुनाज फिटनेस निःशुल्क प्रयोग गर्न दिने भएकी छन ।

राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटवल खेलाडीहरुको फिटनेसका लागि आफ्नो फिटनेस सेन्टर निः शुल्क रुपमा प्रयोग गर्न सहयोग गरेकी हुन । यही भाद्र ७ गते छनौट भएका सुनसरीका महिला र पुरुष बास्केटवल खेलाडीहरुले धरान रंगशाला कर्भडहलमा प्रशिक्षण गरिरहेका छन । उनीहरुको थप फिटनेसका लागि जिम र स्विमिङ्ग सहयोगी हुने भएकोले सुनसरी बास्केटवल संघका पुर्व कोषाध्यक्ष समेत रहेकी झुना राईले बताइन् । ।

सुनसरी महिला बास्केटवल टिममा डा. आशा राई, तनु राई, सितल तामाङ्ग, आस्था कुलुङ राई, निरुता राई, इक्सा लिम्वु, सम्झना राई, सेरिना लिम्वु, आशा लामा, एल्भिना गुरुङ्ग, नुमा लिम्वु र तनिशा श्रेष्ठ रहेका छन । त्यस्तैगरि पुरुष तर्फ विवेकमनि श्रेष्ठ, दिवस राई, सुसन श्रेष्ठ, विकेन चौधरी, रवि बास्फोर, सन्दिप श्रेष्ठ, समिर राई, नविन राई, हेमन्त राई, योक राई, कविन मगर र साहिल तामाङ रहेका छन । प्रशिक्षणमा रहेका सुनसरीका खेलाडीहरुले असोज पहिलो हप्ता प्रदेश १ खेलाडी छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् । छनौट प्रतियोगिताबाट प्रदेश १ महिला र पुरुष बास्केटवल खेलाडी छनौट गरिनेछ । छनौट भएका खेलाडीहरुले प्रदेश १ को प्रतिनिधित्व गर्दै असोज २८ गतेदेखि सुरु हुने नवौै राष्ट्रिय प्रतियोतिामा प्रतिष्पर्धा जनाउने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved