‘समय अनुसार अपराध अनुसन्धानमा प्रविधिको प्रयोग आवश्यक’

  • भदौ ३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अपराध अनुसन्धानमा समय अनुसार प्रविधिको प्रयोगलाई बढाउनुपर्ने कुरामा जोड दिएका छन् । उनले प्रहरी सङ्गठनमा समय र परिस्थितिसँगै प्रविधिको विकास हुनुपर्ने बताएका छन् ।

नेपाल प्रहरीको प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र एक नम्ब प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७० को विहीबार उदटन गर्ने क्रमममा मन्त्री कार्कीले समय अनुसार अपराध अनुसन्धानमा प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने– ‘एउटै ढाँचामा अपराध अनुसन्धान गर्दा अनुसन्धान गर्न कठिनाइ हुने र अनुसन्धानको प्रक्रिया ढिलो हुन्छ, यसलाई छिटो छरितो बनाउन अनुसन्धानको प्रक्रिया बदल्नुपर्छ ।’

उनले नेपालमा सक्षम प्रहरी हुदाहुदै पनि प्रविधिमैत्री अनुसन्धान हुन नसक्दा ढिला भएको प्रसंग कोट्याउदै प्रदेश सरकारले अपराध अनुसन्धानका कामलाई प्रविधिमैत्री बनाउने कुरामा जोड दिदै आएको बताएका छन् ।

उनले भने– ‘सक्षम प्रहरीबाट नै समाज र राष्ट्र सुरक्षित हुन्छ, प्रदेश सरकारले प्रहरी सङ्गठनको भौतिक विकासमा ध्यान दिँदै आएको छ, प्रहरी संगठनको काम कारबाहीका लागि प्रदेश सरकारले प्रविधिमैत्री बनाउने दिशातर्फ अघि बढिरहेको छ,े मोरङको रानीदेखि धरान र झापाको काँकरभिट्टादेखि कोसी ब्यारेजसम्म राजमार्गमा सिसी क्यामेरा जडान गर्नुपने आवश्यकता छ ।’

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धान जटिल विषय भएको चर्चा गर्दै अनुसन्धान अधिकारीले मेहनत र लगनशीलताले काम गर्नुपर्नेमा जोड दिए । उनले प्रहरी निडर, सक्षम, निर्भय हुनुपर्ने भन्दै प्रमाणले नै अनुसन्धनको क्रममा बलियो आधार भएकोले अनुसन्धानका क्रममा प्रमाणमा विशेषमा ध्यान दिन मातहतका प्रहरीलाई निर्देशन दिए ।

महानिरीक्षक सिंहले–‘प्रहरीले प्रभाव र दबाबमा काम नगरी पीडितहरुले न्याय पाउने दिशामा अनुसन्धान अधिकारी चुक्नु हुदैन । जनताको सेवामा जहिल्यै समर्पित हुनुपर्छ ।’

यस्तै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अहिले धेरै अपराधका घट्ना चिनेका तथा नजिकका आफन्तहरुबाट हुने गरेको बताए । उनले भने–‘अहिले ८५ प्रतिशत अपराधका घटना चिनेजानेका र नजिकका मानिसबाट भइरहेको छ, यौनजन्य जस्ता अपराध छिमेकी र विद्यालयका शिक्षकबाट बढी हुने गरेको तथ्याङ्कमा रहेको रहेको पाइन्छ ।’

उनले परम्परागत हिसाबले अपराध अनुसन्धान हुन नसक्ने भएकाले वैज्ञानिक प्रणाली अपनाउनुको विकल्प नरहेको धारणा राखे । आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुलीले अपराध अनुसन्धान र शान्ति सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला गम्भीर भएर काम गर्नुपर्ने बताए । उनले भने–‘अनुसन्धानको क्रममा एक जना निर्दोष व्यक्ति नमुछियो, अपराध गर्नेलाई कानुनी दायरलामा ल्याउने खालको विश्वासिलो अनुसन्धान हुन आवश्यक छ ।’

प्रदेश प्रहरी कार्यालयका प्रमुख सुदिप गिरीले प्रविधिको विकाससँगै समाज विकृति उन्मुख भएको हो कि भन्ने भान अहिले भएको बताएका छन् । उनले प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा चुनौती थपिएको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनतालाई शान्ति सुरक्षा र न्याय दिलाउन प्रहरीको एकाइ गाउँगाउँसम्म पुगेको उल्लेख गरे ।

कार्यक्रममा उच्च अदालत विराटनगरका रजिष्ट्रार जीतेन्द्रबाबु थपलिया र सह न्यायाधिवक्ता कोषहरी निरौलाले पनि फौजदारी अपराधका विषयमा अनुसन्धानमा समावेश गर्नुपर्ने विषयका बारेमा चर्चा गरेका थिए ।

गोष्ठीमा प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुख, ३८ अनुसन्धान एकाइका प्रमुख तथा प्रतिनिधि सहभागिता रहेको थियो ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved