माझीको निधनप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

  • साउन १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारी नटीलाल माझीको असामयिक निधनप्रतिे दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले विहीबार स्वर्गीय माझीको अन्तिम संस्कारमा सहभागी हुने क्रममा श्रद्धाञ्जली अर्पण गर्दैं दुःख व्यक्त गरेका हुन् ।

माझी प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत थिए । सुनसरी दुहवी–७, फर्साही स्थायी घर भएका ४९ वर्षीय माझीको अन्तिम संस्कार सुनसरी दुहवीको बूढीगंगा विश्रान्ति आर्यघाटमा गरिएको थियो ।

माझीको श्रावण ११ गते बुधबार निधन भएको थियो भने १२ विहीबार दाहसंस्कार गरिएको थियो ।

श्रावण ९ गते बिहान अचानक बेहोस भएका माझीलाई तत्कालै मोरङ टंकिसिनवारीस्थित विराट टिचिङ अस्पताल पु¥याउँदा चिकित्सकले मस्तिष्कघातको आशंका गरेकोमा उपचारकै क्रममा उनकोे निधन भएको थियो । स्वर्गीय माझीको अन्तिम संस्कारमा मुख्यमन्त्रीसहित सचिवालयका सदस्य एवं सल्लाहकारहरूका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू, कर्मचारीहरूको उपस्थिति रहेको थियो । स्वर्गीय माझीको परिवारमा श्रीमती र एक छोरी, ज्वाइँ छन् ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved