न्युरो अस्पतालले मनायो हेपाटाइटिस दिवस

  • साउन १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरस्थित न्युरो हस्पिटलले विश्व हेपाटाइटिस दिवस मनाएको छ ।

हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले अस्पतालले बिहीबार मनाएको हो । प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै स्वस्थ बनाउने अभियानलाई जोड दिँदै न्युरो अस्पतालले हेपाटाइटिस विरुद्धको खोप पनि लगाउन सुरु गरेको छ । बिहीबारदेखि अस्पताल परिसरमा अस्पतालमा काम गर्ने सरसफाइ कर्मचारीहरूबाट हेपाटाइटिस विरुद्धको खोप लगाउन सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । ‘हेपाटाइटिस हुन नदिन अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरूलाई यो खोप लगाउन सुरु गरिएको छ,’ उनले भने, ‘अस्पतालमा काम गर्ने ४ सय ५० भन्दा बढी कर्मचारीहरूले हेपाटाइटिस विरुद्धको खोप लगाउनेछन् ।’ यो खोप तीन चरणमा लगाउनुपर्नेछ । पहिलो डोज खोप लगाएपछि दोस्रो र तेस्रो लगाउनुपर्ने हुन्छ । अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरूलाई लगाउने खोप निःशुल्क प्रदान गरिएको उनले बताए ।

अस्पतालमा हेपाटाइटिस तथा कलेजो सम्बन्धी उपचार सेवा पनि सुचारु गरेको छ । एक हप्तासम्म ओपिडी निःशुल्क र सम्पूर्ण जाँचमा २० प्रतिशत छुट रहेको छ ।

यस वर्षको नारा अब ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने तय गरिएको छ । रोगबारेको अनभिज्ञता र अज्ञानता हटाउनुपर्छ भन्ने मान्यता स्वरूप जनचेतना जगाउने अभियान अन्तर्गत हेपाटाइटिसविरुद्धको दिवस मनाउन थालिएको हो ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved