आर्या न्यूरोमा ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया

  • साउन १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर – ३ कंन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा एक जना विरामीको ‘व्रेना हेमरेज’ को सफल शल्यक्रिया भएको हो ।

फिस्टुलाको कारण भएको जटिल प्रकृतिको ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको ाछ ।

अस्तालका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका – १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा. पंकजराज नेपालले साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया गरेका हुन् ।

उनको अवस्था देखेर उनका परिवार समेत आत्तिएका थिए । त न्युरोले सफल शल्यक्रिया गरिदिएपछि ढुक्क भएकोे साहको परिवारले बताएका छन् । साहकी श्रीमति सुनिता साहका अनुसार साहलार्इै १७ दिन अगाडी अर्थात २६ साउनमा टाउँको दुखेपछि साह बेहोस भएको बताइन् । उनले भनिन् ‘१० मिनेट जति बेहोस भएपछि रगतनै बमिट पनि गर्नुभयो । हामीले आतिएर विराटनगरको विराट टिचिङ्ग हस्पिटलमा लिएर गयौं । त्यहाँ २४ घण्टा आइसियूमा विरामी राख्नुपर्ने बताएपछि हामीले त्यहाँबाट आर्या न्युरो हस्पिटलमा लिएर आएका थियौं ।’

उनलाई वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले हेरेका थिए । डा. नेपालको टिमले पाँच घण्टा लगाएर साहको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । न्यूरो सर्जन नेपालले भने ‘साहको ठाउँकोमा रगतको नशा गुजुल्टिएर बसेको थियो । त्यसलाई मेडिकल भाषामा एभी फिस्टुला अर्थात बुझ्ने भाषामा रगतको नशा गुजुल्टिएको भन्न सकिन्छ । त्यो रगतको नली फुटेपछि ब्रेन हेमरेज हुने हो,’ न्यूरो सर्जन डा. नेपालले भने, ‘पाँच घण्टा लगाएर विरामीको शल्यक्रिया गरेपछि हामीले करिब एक सेन्टीमिटर लामो गुजुल्टीएको नशा शल्यक्रिया गरि निकालेका थियौं ।’

विरामीको स्वास्थ्य अवस्था सुधार भएपछि बुधबार डिस्चार्ज गरेको डा. नेपालले बताए । उनले भने–‘ साहलाई वेन हेमरेज हुनुको प्रमुख कारण ब्रेनको आर्टरी नसा फुटेर मष्तिस्कमा रक्तश्राव भएर हो । यस्तो रक्तश्रावले ब्रेनको कोषहरुलाई नष्ट गर्ने गर्छ । ग्रिक भाषामा रगतलाई हेमो भनिन्छ । ब्रेन हेमरेजलाई सेरेव्रल हेमरेज, इन्ट्राक्रानिएल हेमरेज वा इन्ट्रासेरेव्रल हेमरेज पनि भनिन्छ ।’

यस्ता विरामी विरलै हस्पिटल आउने गरेका डा. नेपालले बताए । उनले भने, ‘ब्रेन हेमरेज जन्म जात पनि र इन्फेक्सनका कारणहरुले पनि हुने गर्दछन् । यस्तो विरामी जतिसक्दो चाँडै हस्पिटल आएको खण्डमा विरामीलाई बचाउन सकिन्छ ।’

१६ दिन हस्पिटल राखेपछि साहलाई बुधबार डिस्चार्ज दिएको छ । अहिले उनी आफै हिडडुल गर्न सक्ने भएका छन् । हस्पिटलका चिकित्सक सफल उपचार गरेर पुनःजन्म दिएको साहले बताए ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved