बोलबम मेलामा सामाजिक संघ संस्थाको सक्रियता: प्राथमिक स्वास्थ्य सेवा प्रभावकारी बन्दै

  • श्रावण १०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आएका भक्तजनहरुको सेवामा पछिल्लो समय सामाजिक संघ संस्थाहरुको उपस्थिति बाक्लो रहेको पाइएको छ ।

मन्दिर आसपास धरानका दर्जनौ संघ संस्थाहरु निःशुल्क पानी, फलफूल वितरणदेखि दिएर निःशुल्क प्राथमिक उपचार गर्ने संघसंस्थाको व्यार्नर बग्रेल्ति देख्न सकिन्थ्यो ।

सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले आएका यी संघ संस्थाहरुको सामाजिक कार्य अन्य भन्दा प्राथमिक स्वास्थ्य सेवा भने प्रभावकारी देखिन्थ्यो । सप्तकोशीबाट जल ल्याएर चढाउन आएका दीर्घरोगीहरुका लागि स्वास्थ्य शिविर प्रभावकारी बनेको हो ।

सिराहा सप्तरीबाट आएका ६५ बर्षी सत्यनारायण साह सप्तकोशीबाट जल ल्याएर चढाउन लाइनमा बसेका बेला उनलाई चक्कर लाग्यो । चक्करका कारण झण्डै ढलेका उनलाई धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाबाट सञ्चालन भएको स्वास्थ्य शिविरमा केही क्षण राखियो । उनको ब्लडप्रेसर चेक गर्दा नर्मल भन्दा धेरै कम भएको पाइयो । त्यसपछि उनलाई उनलाई केहीबिेर आराम गर्न लगाइयो, , जीवनजल खुवाइयो, त्यसपछि उनी तंग्रिए ।

यस्तै अवस्था भारतको अररियाबाट आएका बद्रप्रसाद मण्डललाई पनि भयो । ५० बर्षीय उनलाई लाइन बस्दा बस्दै चटचट पसिना आयो, ढल्ने जस्तो भएपनि उनी नजिकै रहेको स्वास्थ्य शिविरमा गए, मधुमेहका विरामी उनलाई सुगर कम भएको पाइएपछि ग्लुकोजपानी खुवाइयो । त्यसपछि उनी तंग्रिए ।

यी त उदाहरणमात्र हुन् बोलबमा आउने यस्ता धेरै सर्वसाधारणहरु शरीरिक अशक्तता भएका हुने गरेका छन् । धार्मिक आस्थाप्रति प्रतिबद्ध उनीहरु स्वास्थ्यको ख्याल नै नगरी आउने गरेको पाइन्छ ।

धरान उपमहानगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य महाशाखाकी स्वाथ्य सेविका लुना अधिकारीले प्राथमिक उपचारमा आएका विरामीहरुमा विशेष गरेर उच्च रक्तचाप, मधुमेहका हुने गरेको बताइन् । उनले भनिन्–‘प्राथमिक स्वास्थ्य शिविरमा प्राय ः गरेर उच्च रक्तचाप मधुमेह, कमजोरीहरु आउने गरेको पाइएको छ, आज विहान भने एउटा मोटरसाइकल दुर्घटनामा सामान्य घाइते भएकाहरु प्नि आएका थिए, उनीहरुलाई मल्हम पटि लगाइदिएका थियौ भने कमजोरीहरुलाई आराम गराउन लगाएर जीवनजल खुवाएर पठाएका थियौ ।

यस्तै अघिल्लो हप्तादेखि नै निःशुल्क पानी वितरणसगै स्वास्थ्य चेकजाँच गर्दै आएका लायन्स क्लब अफ पञ्चकन्याले समेत पिण्डेश्वर प्रांगरणमा बोलबममा आएका विरामीहरुको स्वास्थ्य चेकचाँच गरेको थयो । क्लबकी अध्यक्ष एकता श्रेष्ठले दीर्घरोगका समस्या भएका विरामीहरु यहा आउने गरेकाले उनीहरुलाई सेवा पु¥याउदै आएको बताइन् । उनले भनिन्–‘धार्मिक आस्था भएकै कारण सकी नसकी पिण्डेश्वरमा जल चढाउन आएका मानिसहरु धेरै थिए, उनीहरुलाई हामीले प्राथमिक उपचार दिएर सेवा पुर्‍याउदै आएका छौं ।’

बोलबम अवधिभर सुरक्षा, स्वास्थ्य, ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग समन्वय गरेर सहज बनाउदै आएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । उनले सबैभन्दा ठूलो समस्या स्वास्थ्य समस्या भएकोले विहान ७ बजेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, त्यसपछि धरान उपमहानगरपालिका अन्र्तगतको स्वास्थ्य महाशाखा, धरान १४ को आधारभूत स्वाथ्य सेवा तथा विभिन्न स्वास्थ्य संघंस्थाले सेवा पु¥याउदै आएको बताए । उनले भने–‘बोलबममा आउने भक्तजनको सुविधाका लागि हामीले सबैसँग समन्वय गरेर सुविधा दिँदै आएका छौ. यसमध्ये पनि स्वास्थ्य सेवा महत्वपूर्ण सेवा हो, यहाँ अहिले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशखा, १४ नंं रहेको आधारभूत स्वास्थ्य केन्द्र र बीपी कोइराला स्वास्थ्य विज्ञानबाट आएका चिकित्सकहरुले पनि स्वास्थ्यमा समस्या देखिएका भक्तजनहरुलाई सेवा पु¥याउदै आएका छन् ।

उनले पछिल्लो समय कोरोना संक्रमण नेपालमा समेत देखा पर्न थालेकोले यससम्बन्धी सचेतनासमेत दिने गरेको बताए । संक्रमणबाट जोगिनका लागि लाइनमा दुरी बढाएर बस्न, मास्क लगाउन र सेनिटाइजर प्रयोग गर्न समेत भक्तजनहरुलाई अनुरोध गर्दै आइरहेको बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved