महालक्ष्मी विकास बैंक र लाईफकेयर फिजियोथेरापी सेन्टरबीच बैंकका सेवाग्राहीका लागि छुट दिने सम्झौता

  • साउन ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ महालक्ष्मी विकास बैंक लि. र धरान स्थीत लाईफकेयर फिजियोथेरापी सेन्टरबीच सम्झौता भएको छ ।

बैंक र लाईफकेयर फिजियोथेरापी सेन्टरबीच बैंकका कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका शाखा प्रमुख प्रबल श्रेष्ठ र फिजियोथेरापी सेन्टरका सञ्चालक डा.प्रबिर श्रेष्ठले सम्झौता पत्र आदानप्रदान गरेका छन् ।
कार्यक्रममा डा.प्रबीर श्रेष्ठले बैंकका सबै कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई लाईफकेयर फिजियोथेरापी सेन्टरले विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट दिने बताएका छन् ।

Picture1
सेन्टरमा विभिन्न प्रकारका फिजियोथेरापी, रगत जाँच, मसाजको व्यवस्था, एसी जडित सुविधा सम्पन्न तथा डिजिटल मेसिन जडान गरिएको र एक पटकमा १५ जना सेवाग्राहीहरुले सेवा लिन सकिन्छ । साउथ कोरियाको रिहाव/ हस्पिटल मा लगभग ५ वर्षसम्म काम गरि स्वदेशका विभिन्न हस्पिटलमा समेत राम्रो अनुभव संगालेर धरानमा सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै विषेश गरि एक्सरसाइज थेरापिलाई जोड दिइएको साथै होमसर्भिसको सेवा, बालबालिका देखि वृद्धवृद्धा उमेर समूका सेवाग्राहीहरुले सेवा लिन सक्ने बताइएको छ ।


यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

हजारौँ प्रतिस्पर्धील ...

धरान/ धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved