खानेपानी बोर्डमा भर्ति गरिएका ६ जना कर्मचारी हटाइए

  • श्रावण ९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । राजनीतिक भागबण्डाकै आधारमा धरान खानेपानी व्यवस्थापन बोर्डमा राखिएका ६ जना कर्मचारीलाई हटाइएको छ ।

विगतमा राजीतिक दलको आडमा भनसुन गरेर जागिर खाएका उनीहरुलाई बोर्डबाटै हटाइएको जनाइएको छ ।

धरान उपमहानगरपाालिकामा निर्वाचित मेयर बोर्डको अध्यक्ष हुने प्रावधान रहेको छ । धरान उपमहानगरपालिकामा निर्वाचित भएदेखि नै धरानको दीर्घकालीन खानेपानी समस्या समाधानमा दत्तचित्त भएर लागेका मेयर हर्क साम्पाङ अहिले बोर्डका अध्यक्ष रहेका छन् ।

राजनीतिक दलको आडमा भर्ना भएका उनीहरुको काम सन्तोषजनक नभएको भन्दै हटाइएको बोर्ड स्रोतले जानकारी दिएको छ । उनीहरुलाई पटक पटक सचेत गराउदा पनि नसच्चिएपछि करार नवीकरण नगरी हटाइएको एक कर्मचारीले जानकारी दिए ।

बोर्डबाट हटाइएकाहरु कर्मचारीहरुमा पम्प अपरेटर परमपद भट्टराई, मिटर रिडर राजिव श्रेष्ठ, भल्भ अपरेटर बलिन्द्र बिक, चौकीदार अनिस कटवाल, चौकीदार राम तामाङ र हेल्पर हेमन्त भुजेल रहेका छन् ।

उनीहरु सबै नेपाली कांग्रेस र एमालेको आडमा नियुक्ती भएका थिए । मेयर साम्पाङले खानेपानी समस्या समाधानको विषयमा काम गरिरहँदा बर्खास्त भएका कर्मचारीहरुले राम्रो काम नगरेको उपमहानगरपालिकाका एक कर्मचारीले बताए ।

स्रोतका अनुसारा उनी कामभन्दा पनि बढी झारा टार्ने काम गर्ने, कामको समयमा अफिसमा गफ जोतेर बस्ने, हाजिरी गरिसकेपछि अफिस टाइममा घुमफिर गरेर विताउने गरेको पाइएकोले हटाइएको स्रोतले बताएको छ ।

नगरपालिकाका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘उनीहरु राजनीतिक आडमा आएका थिए, राजनीतिक आडमा आएका कारण उनीहरुलाई काम नगरेपनि केही कार्वाही हुदैनथ्यो, तर हर्क साम्पाङ मेयर भएर आएपछि उनीहरुको कामप्रति असन्तुष्ट भएपछि हटाइएको हो ।’

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved