धरान । धरान ८ का विनय प्रधान विहान ‘मर्निङ वाक’ निस्किएपछि धरान १३ मा रहेको खुल्ला जिमखानामा गएर कसरत नगरी फर्किदैनन् ।, विहान ५ बजे उनी मर्निङवाक निस्किन्छन्, धरान १४ विजयपुरचौक हुदै पञ्चकन्या जानेबाटोबाट अमरहाट झर्छन् । धरान १३ मा वडासमितितिले निर्माण गरेको खुल्ला जिमखानामा कसरत गरेर फर्किन्छन् ।
त्यहा गएर कसरत गर्दा दिनभरि शरीरिक स्फूति हुने प्रधान बताउछन् । उनी भन्छन्–‘म मर्निङवाक भन्दा पनि खुल्ला जिमखानामा कसरत गर्नकै लागि निस्किन्छु, प्रत्येक विहान एक वा दुई घण्टा कसरत गरेर फर्किन्छु, यति गरेपनि मेरो शरीर दिनभरि चंगा हुन्छ ।’
उनको जस्तै दिनचर्या धरान १६ का डेभिड लिम्बुको छ । उनी विहान उठेर विजयपुर हुदै धरान १३ मा रहेको जिमखानामा कसरत गर्छन् र घर फर्किन्छन् । उनी भन्छन्–‘यो खुल्ला जिमखाना स्वास्थ्यका लागि एकदमै राम्रो छ, दैनिक यहा कसरत गर्दा स्वास्थ्य हुने महसुस मैले गरे ।’
यी दुई त प्रतिनिधिपात्र मात्र हुन प्रधान र लिम्बुजस्ता सैयौ विहान धरान १३ ले निर्माण गरेको खुल्ला जिमखानामा कसरतकै लागि पुग्ने गर्छन् । विगतमा लखन थापा स्मृति हेल्थ पार्क नबन्ने भएपछि स्थानीय सरकारले खुल्ला जिमको अवधारणा अगाडि बढाएको थियो सोही अवधारणा अनुरुप धरान १३ ले खुल्ला जिमखाना बनाएको हो । अहिले त्यो स्वास्थ्यकर जीवन विताउनेको लागि बरदान सावित बन्दै गएको छ ।
त्यस स्थानमा बच्चादेखि वृद्धावृद्धासम्म कसरत गर्न जाने गरेको स्थानीयहरु बताउछन् । स्थानीय गोपाल श्रेष्ठ भन्छन्–‘म पनि कहिलेकाही कसरत गर्न जान्छु, कहिलेकाही त पालो पाउन नै मुस्किल हुन्छ ।’
पार्क बन्ने स्थानमा पार्क नबनेपछि वडा समितिले खुल्ला जिमखाना बनाएको हो । अहिले सर्वसाधारणले यो खुल्ला जिमखानामा आएर कसर गरेको देख्दा आफूलाई राम्रै काम गरेको भान हुने धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले बताउछन् । उनी भन्छन्–‘शुरुमा त यहाँ बनाउनु ठीक हो कि होइन भन्ने लागेको थियो, तर अहिले सर्वसाधारणको रुचिलाई हेर्दा ठिकै भएछ भन्ने लागेको छ ।
अहिले विहान बेलुका पालो पाउन गाह«ो हुने बताए । उनले भने–‘यो सञ्चालन आएपछि सर्वसाधारणको अत्याधिक चाप छ, त्यहा आएर कसरत गर्नेहरुले मेरो ढाँट दुख्न निको भयो, खुट्टा दुख्न निको भयो, पेट दुख्न निको भयो भन्नुहुन्छ, त्यो सुन्दा मलाई अत्यन्तै आनन्द लाग्छ ।’
रंगेली नगरपालिकामा पुग्दा यही प्रकारको जिमखाना देखेपछि धरान १३ मा पनि यसलाई अगाडि सारिएको वडाध्यक्ष काफ्ले बताउछन् । उनी भन्छन्–‘म मोरङको रंगेली नगरपालिका गएको थिएँ, त्यहा बनाएको देखेर मैले पनि बनाउने योजना बनाएको हुँ ।’
न्गर गौरव आयोजना अन्तर्गत रकमान्तर गरेर खुल्ला जिम बनाएको उनले बताए । जिमखानामा चाहिने सामाग्री र टायल गरेर १२ लाख रुपैया लागत लागेको उनले बताए । उनले भने–‘यो नगर गौरवको आयोजना अन्तर्गत हामीले निर्माण गरेका हौं, हामीले जिमका सामाग्री विराटनगरबाट ल्याएका हौ, सामान र टायल गरी १२ लाखको लागतमा यो निर्माण भएको हो ।’