विमा बोर्डले भुक्तानी नदिएको भन्दै नोबेलले रोक्यो विमा कार्यक्रम

  • साउन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल सरकारले नेपाली जनताको उपचारमा सहज होस् भन्ने उद्देश्यले ल्याएको विमा कार्यक्रम विराटनगरको नोबेल मेडिकल कलेजले बन्द गरेको छ ।

नोबेलले बिमा सेवा दिएबापत ५५ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको दाबी साउन १ गतेबाट विमा कार्यक्रम स्थगित गरेको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालले स्वास्थ्य बिमा बोर्डलाई पटक पटक रकम भुक्तानीका लागि जानकारी गराउँदा समेत रकम निकासा नभएपछि विमा कार्यक्रम नै स्थगित गर्नुपरको बताए । उनले भने –‘अस्पतालले धानुन्जेल हामीले सञ्चालन ग¥यौ, रकम अभावका कारण औषधि खरिदमा समस्या देखा प¥यो अस्पताल थप आर्थिक भार थाम्न नसक्ने स्थितिमा पुगिसकेपछि हामीले विमा कार्यक्रम स्थगित गरेका हौ ।’

नोबेलमा दैनिक ओपिडीमा १ हजार ९ सय बिरामीले विमामार्फत सेवा लिने गरेको उनले बताए । उनले भने–‘उपचारमा आएका विरामीमध्ये दैनिक ६० प्रतिशत भन्दा बढी बिरामी स्वास्थ्य बिमा आउने गरेका छन् ।’

विमा बोर्डले समस्या भुक्तानी नदिएकै कारण बारम्बार यो समस्या आउने गरेको अस्पतालका जिम्मेवार व्यक्तिहरुले बताउने गरेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि विमा बोर्डले रकम भुक्तानी नगरको भन्दै दुई÷दुई पटक विमा कार्यक्रम स्थगित गर्ने सूचना जारी गरेको थियो । तर विमा बोर्ड र प्रतिष्ठानबीच भएको छलफलले केही समय विमा कार्यक्रम केही समयका लागि सञ्चालनमा आएको छ ।

सरकारले ०७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ । प्रतिपरिवार ९५ जनासम्म ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ । अधिकतम सेवा सुविधाको सीमा २ लाख ९१० जनाको परिवार सदस्य सम्म रहेको छ । यो आर्थिक वर्ष स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

जेठ १५ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बिमा निजी कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी थालिने बजेटमा उल्लेख गरेका थिए । पछिल्लो समय आफ्नो योगदानअनुसारको सुलभ र प्रभावकारी सेवा पाउन नसक्दा कार्यक्रममा आकर्षण खस्कँदै गएको देखिन्छ । प्रत्येक वर्ष बिमितको नवीकरण संख््या घट्दै गएको भने नयाँ बिमितको संख्या उल्लेखनीय मात्रामा बढ्न सकेको छैन ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved