खत्रीधारा शवदाह स्थल जाने सडक निर्माण

  • असार २०, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । धरानको सेउती खोला नजिक रहेको खत्रीधारा शवदाह स्थल जाने बाटोमा १०८ मिटर आरसिसी ढलान सम्पन्न भएको छ ।

सडक निर्माण सम्पन्न भएको बारे शनिवार सार्बजानिक सुनाई कार्यक्रम मार्फत निर्माण समितिले जानकारी गराएका छन् ।

विगतमा त्यहासम्म पुग्ने सडक र पुल जीर्ण रहदा धेरै समस्या भोग्नु परेको थियो । धरान वडा नं १५ र धरान वडा नं ४ जोड्ने सेउती पक्की पुल निर्माणसँगै शवदाह स्थल जाने बाटो पुर्ण रुपमा बन्द रहेको थियो । बाटो जीर्ण रहेकै कारण शव दाहसंस्कारसम्म शवबाहन पुग्न नै कठिन रहेको थियो । धरान उपमहानगरपालिका, १५ नं. वडा समिति, र झिगु समाज खत्रीधाराको संयुक्त पहलमा शवदाह स्थल पुग्ने सडक निर्माणका लागि उपभोक्ता समिति गठन भएको थियो । स्थानीयबासीहरुको सहकार्यमा निर्माण समितिले सडकको आरासिसि ढलान गर्ने सहमति भएपछि धरान उपमहानगरपालिकाले २० लाख बजेट बिनियोजन गरेको । उपमहानगरपालिकाको २० लाख र स्थानीइको ३ लाख सहयोग गरी २३ लाखमा १०८ मिटर आर सिसिसी ढलान गरी सडक निर्माण गरिएको निर्माण समितिले जनाएको छ ।

शनिवार शवदाह स्थल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कैलाश राईको अध्यक्षतामा सार्बाजानिक सुनाई कार्यक्रमको आयोजना गरी सो सडक निर्माणको विषयमा जानकारी गराइएको थियो ।

सार्बजनिक सुनुवाई कार्यक्रममा धरान उपमहानगर पालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले दाह संस्कारको अझै स्तरोन्नति गर्नुपर्ने भएकोले यसका लागि बजेट बिनियोजन गरीदिन धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई संग आग्रह गरेका थिए ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved