दुर्घटना न्यूनीकरण गर्न एकतर्फी पार्किङ

  • असार १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै जाँदा दुर्घटनाको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी धरान उपमहानगरपालिका, जिल्ला ट्राफिक कार्यालय सुनसरी र व्यापारी व्यवायीहरुबीच एकतर्फी पार्किङका विषयमा छलफल शुरु भएको छ ।

सडकको दुई तर्फी सवारी साधन पार्किङ गरिदा दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत असहज भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले धरानका जनप्रतिनिधि, व्यापारीसँग समन्वय गरेर एकतर्फी पार्किङ गर्ने तयारी गरेको हो ।

धरानको मुख्य चौक भानुचौक, देशीलाइन, पुरानो बजारका क्षेत्रमा सर्वसाधारणले जथाभावि सडकको दुईतर्फी पार्किङ गरिदा दुर्घटनाको जोखिमसंगै ट्राफिक व्यवस्थापनमा समेत असहज भएकोले एकतर्फी पार्किङका लागि जनप्रतिनिधि, व्यापारी व्यवसायीसँग छलफल शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरिक्षक श्याम बस्नेतले बताए । पहिलो चरणअन्तर्गत धरानको व्यस्त सडक मानिएको धरान २ को भानुचौक, देशीलाइन, माछाभौडी तथा पुरानो बजार बढी अस्तव्यस्त बनेकोले यहाँका जनप्रीतिनिधि र व्यवसायीबीच सहकार्य गरेर सडकको एकतर्फी पार्किङको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

धरानको मुटु मानिएको यस क्षेत्रको पार्किङको समस्या समाधानमा यस भन्दा अगाडिका जनप्रतिनिधिले ट्राफिकसँग मिलेर ठूलो प्रयास गरेका थिए । दीर्घकालीन रुपमा लागू गर्न सकिएको थिएन । नवनिर्वाचित जनप्रतिनिधि आएसँगै ट्राफिकले समस्या समाधानका लागि पहल शुरु गरेको हो । धरान २ का वडाध्यक्ष रमेश राईले धरान २ मा रहेको व्यस्त सडकमा दुईतर्फी पाकिङले समस्या ल्याएको बताउदै यसमा सबैपक्ष सकारात्मक भएकोले चाडै यसको व्यवस्थापन हुने बताए ।

यता व्यापारी व्यवसायीहरुले पनि यो सकारात्मक भएको बताएका छन् । सडकको एकापट्टिमात्र पार्किङ गर्न दिने विषय सबैको लागि राम्रो विषय भए पनि ठूला सवारीको हकमा भने छुट्टै पार्किङको व्यवस्था हुनुपर्ने बताएका छन् । व्यवसायी विशाल अग्रवालले एकतर्फी पार्किङले दुर्घटनाको जोखिम कम हुन बताए । उनले ठूला सवारी साधनका लागि भने छुट्टै पार्किङको व्यवस्था हुनुपर्ने बताए ।

धरानको व्यस्त सडकमा दुईतर्फी सवारी पार्किङको विषय धरानको लागि टाउको दुखाइको विषय बनेको छ । दैनिक सैयौ सवारी साधन आवात जावत हुने मुख्य सडकमै दुईतर्फी पार्किङ गरिदा विगतमा धेरै दुर्घटना समेत भएका छन्, भने सवारी साधनको चापका कारण ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न समेत धौ धौ परेको छ ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved