करोडौं रकम नतिरी ओली फरार

  • असार १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उर्लाबारीका एक हार्डवेयर व्यापाीरले स्थानीयको करोडौ रकम ठगेर फरार भएका छन् । उर्लाबारी जेसिसका पूर्व अध्यक्ष समेत रहेका विनोद ओलीले सर्वसाधारणको करोडौ रकम ठगेर एक महिनादेखि बेपत्ता भएका छन् ।

लामो समयदेखि उनले बरगाछीमा एक हार्डवयेर पसल सञ्चालन गर्दै आएका थिए । चाहिएजति सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिने गरेको पाइएको छ ।स्थानीयबासी, बैंक तथा वित्तीय संस्थासंग निर्माण सामाग्री उपलब्ध गराउने भन्दै करोडौ कुम्ल्याएर फरार भएको स्थानीयहरुले बताएका छन् ।

फरार ओलीका विरुद्ध प्रहरी कार्यालय र नगरपालिकामा उनीविरुद्ध उजुरी गरेका छन् । ठगिएको थाहा पाएर पैसा माग्न जाँदा एक महिनादेखि उनी सम्पर्कविहीन बनेको पीडितहरुको गुनासो छ । ओलीलाई सम्पर्कमा ल्याई गुमेको पैसा फिर्ताका लागि पहल गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकामा पीडितहरु पुग्ने गरेका छन् । अहिलेसम्म ३५ जनाभन्दा बढी ठगिएको बताइएको छ ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved