प्रमुख प्रशासकीय अधिकृत माथिको दुव्र्यवहार विरोधमा कर्मचारी

  • असार १७, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम l सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि गएको असार ८ गते नेपाली काङ्ग्रेस कार्यकर्ता देवेन्द्र सुवेदीले गरेको दुव्र्यवहार प्रति गाउँपालिकाका कर्मचारीहरुले आपत्ति जनाएका छन् । गाउँपालिकाका कर्मचारीहरुबाट कुशल ढंगले कार्य सम्पादन भइरहेको बेला जनप्रतिनिधि र कर्मचारी बाहेकका राजनीति दलका कार्यकर्ता प्रवेश गरि गरेको दुव्र्यवहार प्रति कर्मचारीहरुले खेद व्यक्त गरेका छन् । बुधबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरुले गाउँपालिका सँग घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् । कुसल कर्मचारीमाथि भएका दुव्र्यवहार विरुद्ध जस्तोसुकै अवस्थामा कर्मचारीहरु एकजुट रहेको जनाउँदै विज्ञप्तिमा उक्त घटनालाई कुनै पनि ढंगले राजनीतिकरण नगर्न पनि आग्रह गरिएको छ ।

सुवेदीले असार ८ गते प्रमुख प्रशासकीय अधिकृत महेश राईलाई गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप छ । गाउँपालिका अध्यक्षको कोठामा बोलाएर सुवेदीले राईलाई गाउँपालिकाको प्रवक्ता र योजना छान्ने विषयमा हाबी भएको आरोप लगाउँदै गाली गरेको राईले बताए । ‘प्रवक्ता छान्ने, योजना छान्ने विषय जनप्रतिनिधिको हो, त्यसमा मेरो कुनै गल्ती र हस्तक्षेप नगरेको र नहुनेपनि राईको भनाई छ ।’ कांग्रेस इलामका पूर्वसभापति हिमालय कर्माचार्यले समेत सामाजिक सञ्जाल फेसबुकमा प्रमुख प्रशासकीय अधिकृत राईले अध्यक्षलाई समेत गाउँपालिकाको सवारी साधन प्रयोग गर्न नदिइ आफैं प्रयोग गरिरहेको आरोप लगाएका थिए ।

किरात राई कर्मचारी मञ्चले पनि विज्ञप्ति जारी गरी प्रमुख प्रशासकीय अधिकृत राईमाथि दुव्र्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ । सुवेदीले भने आफूले सम्झाउन खोज्दा प्रमुख प्रशासकीय अधिकृत राई नै आवेशमा आएको बताएका छन । राईसँग भनाभन भएको हो, मैले दुर्व्यवहार नगरेको सुवेदीको भनाई छ ।’

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved