उद्धार गर्न रंगेली प्रहरीलाई र्‍याफ्टिङ डुंगा

  • असार १७, २०७९
  • "रबिन्द्र बराल"
alt

धरान । केही दिनदेखि अविरल परेको बर्षाका कारण धनजनको ठूलो क्षति भएपछि थप क्षति नपुगोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई र्‍याफ्टिङ र डुंगा प्रदान गरेको छ ।

बर्षादको समयमा उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले मोरङको रंगेली , सुनवर्सी, धनपालथान र रतुवामाई नगरपालिकालाई उद्धारका लागि ¥याफ्टिङ र डुंगा प्रदान गरेको हो ।

यसले बाढी प्रकोपबाट सर्वसाधारणहरु बढीका समयमा सुरक्षित अवतरण गर्न सहयोग पुग्ने रंगेली प्रहरीले जनाएको छ । सोमबार रातिदेखि आएको बर्षाद्ले खोलामा आएको बाढी कारण डुबान, कटान गरिरहेको अवस्थामा विपदको अवस्थामा दिएको उद्धार सामाग्रीले सहज हुने इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानले बताए । उनले भने–‘ बर्षादको समय शुरु मात्र भएको छ, यसले थप जोखिम बढ्न सक्ने देखिएको छ । क्षति न्यूनिकरण गर्नका लागि यसले ठूलो सहयोग पु¥याउछ ।’ उद्धारका लागि प्रदान गरिएको ¥याफटिङ र डुंगा चलाउने तरिकाका विषयमा सशस्त्र प्रहरी बल विओपीका प्रहरी निरिक्षक कमल बहादुर अधिकारीको टोलीले पोखरीमा अभ्यास गराएका छन् । सशस्त्र प्रहरी निरक्षिक अधिकारीले भने–‘अहिले हामीले यसलाई कसरी चलाउने, कसरी उद्वार गर्ने भन्ने कुरामा अभ्यास गराइरहेका छौं, अभ्यास सकेपछि तालिममा सहभागी सुरक्षाकर्मी फिल्डमा खटिन्छन् ।’

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved