उद्धार गर्न रंगेली प्रहरीलाई र्‍याफ्टिङ डुंगा

  • असार १७, २०७९
  • "रबिन्द्र बराल"
alt

धरान । केही दिनदेखि अविरल परेको बर्षाका कारण धनजनको ठूलो क्षति भएपछि थप क्षति नपुगोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई र्‍याफ्टिङ र डुंगा प्रदान गरेको छ ।

बर्षादको समयमा उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले मोरङको रंगेली , सुनवर्सी, धनपालथान र रतुवामाई नगरपालिकालाई उद्धारका लागि ¥याफ्टिङ र डुंगा प्रदान गरेको हो ।

यसले बाढी प्रकोपबाट सर्वसाधारणहरु बढीका समयमा सुरक्षित अवतरण गर्न सहयोग पुग्ने रंगेली प्रहरीले जनाएको छ । सोमबार रातिदेखि आएको बर्षाद्ले खोलामा आएको बाढी कारण डुबान, कटान गरिरहेको अवस्थामा विपदको अवस्थामा दिएको उद्धार सामाग्रीले सहज हुने इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानले बताए । उनले भने–‘ बर्षादको समय शुरु मात्र भएको छ, यसले थप जोखिम बढ्न सक्ने देखिएको छ । क्षति न्यूनिकरण गर्नका लागि यसले ठूलो सहयोग पु¥याउछ ।’ उद्धारका लागि प्रदान गरिएको ¥याफटिङ र डुंगा चलाउने तरिकाका विषयमा सशस्त्र प्रहरी बल विओपीका प्रहरी निरिक्षक कमल बहादुर अधिकारीको टोलीले पोखरीमा अभ्यास गराएका छन् । सशस्त्र प्रहरी निरक्षिक अधिकारीले भने–‘अहिले हामीले यसलाई कसरी चलाउने, कसरी उद्वार गर्ने भन्ने कुरामा अभ्यास गराइरहेका छौं, अभ्यास सकेपछि तालिममा सहभागी सुरक्षाकर्मी फिल्डमा खटिन्छन् ।’

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved