र्‍याडिकल लाइटको दोस्रो अडिसन बुधबार सम्पन्न

  • असार १६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना भएको एसइइ स्पिकर सिजन २ को पहिलो चरणको अडिसन बुधबार सम्पन्न भएको छ ।

र्‍याडिकल लाइट नेपाल प्रा.लि.ले आयोजना गरेको दोस्रो चरणका कार्यक्रम धरान–१३ को वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा बालबालिकाको हलमा भएको सम्पन्न भएको थियो ।

सुनसरी जिल्लाका विभिन्न बिद्यालयका ३० जना बिद्यार्थीहरु सहभागि थिए । पहिलो अडिसनबाट १५ जना बिद्यार्थीहरु दोश्रो चरणका लागि छनोट भएका छन । छनोट भएका बिद्यार्थीहरुलाई ब्यक्तित्व बिकास, नेतृत्व विकास, आत्मविाश्वास अभिवृद्धि, बोल्ने शैलीको अभिमुखिकरण दिदै आएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।

धरान उप–महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नेत्र काफ्लेले यस्ता प्रतियोगीताले विद्यार्थीहरुको आत्मविश्वास बढाउने बताए । काफ्लले एस.ई.ई.स्पिकरका पहिलो, दोश्रो, तेश्रो तथा सान्त्वना हुने विद्यार्थीलाई प्लस टु मा अध्ययन गर्दा वडाकै तर्फबाट निःशुल्क पोशाक उपलब्ध गराइदिने प्रतिवद्धता जनाए ।

प्रतियोगीताको निर्णायक भूमिकामा महेन्द्र बहुमुखी क्याम्पस धरानका उप–प्राध्यापक एवाम कोशी पत्र दैनिकका सम्पादक राजेश विद्रोही र यु.एन.कलेजका अध्यापक बिजय आछामि रहेका थिए । प्रतियोगितामा प्रथम हुने विद्यार्थीले नगद २० हजार रुपैया, प्लस टु अध्ययनका लागि धरानको यु.एन.नबोदय कलेजमा पूर्ण छात्रबृति मेडल र प्रमाण–पत्र, दोस्रो हुनेले १५ हजार रुपैया नगद, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रबृति, मेडल र प्रमाण– पत्र र तेस्रो हुनेले १० हजार रुपैया नगद, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रबृति, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् भने सान्त्वना हुने विद्यार्थीले ५ हजार रुपैया नगद, प्लस टु अध्ययनका लागि ३० प्रतिशत छात्रबृत्ति, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved