बाढीले सुनसरी र मोरङमा ठूलो क्षति: सयौँ घर विस्थापित, केहीको उद्धार

  • असार १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लगातार आएको बर्षाका कारण प्रदेश नं. १ को सुनसरी, मोरङमा ठूलो क्षति पुगेको छ । कैयौ घर विस्थापित भएका छन, कैयौको उद्धार गरिएको छ ।

सुनसरीमा मात्र बर्षाको कारण ४६ घरका २ सय बढी विस्थापित भएका छन् ।

सुनसरीमा अविरल बर्षाका कारण बाढीका कारण ४६ घर डुबानमा परेका छन् भने २ सय ३९ जना विस्थाति भएका छन् । बाढीले थप क्षति नपु¥यायोस् भनेर हरिनगर ५ वसन्तपुरस्थित सशस्त्र प्रहरीको बिओपी समेत राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावले बताए । उनले भने–‘सुनसरीका स्थानीय तहहरुमा हालसम्म ४६ घर डुबानमा परेका छन्, विभिन्न स्थानका २ सय ३९ जना विस्थापित भएका छन्, थप जोखिम नहोस् भनेर हामीले सुरक्षा सशर्तकता अपनाएका छौं ।’

उनका अनुसार इटहरी वडा नं ५ मा बर्षाको कारण १ घरमा क्षति पुगेको, बर्जु गाउँपालिका ५ मा ट्यांग्रा खोलाको पानी ओभरफुल भएर बस्तीमा पस्दा १५ घर परिवार विस्थापित भएका छन् ा । उनलो भने–‘विस्थापित भएक ८ घरका ३२ जनालाई मुसहर भवन र ७ घरका २९ जनालाई रामजानकी प्राविमा स्थानान्तरण गरेका छौं ।’ उनले भोक्राहा नरसिंह गाउँपालिका वडा नं ५ मा ३० घरका परिवार पनि विस्थापित भएको जानकारी दिए विस्थापित मध्ये १६ घरका ९० जना त्रिपाल टागेर बसेको र १४ घरका ८० जना छरछिमेकको घरमा सहार लिएर बसेको जानकारी दिए ।

यसैगरी मोरङमा समेत अविरल आएको बाढीले १ हजार १ सय ७३ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार मगलबार बाढीले बगाएर गछिया खोलाले बगाएर मृत्यु जनाएको छ ।

यसैगरी बुधबार आएको बाढीका कारण विराटनगर महानगरपालिका –८ मा सिंघीया खोलाको पानी बस्तीमा पस्दा २५ घर डुबानमा परेको, १५ परिवार विस्थापित भएका छन् भने बेलबारी नगरपालिका–६ मा बाहुनी खैटे खहरे खोलाको पानी बस्तीमा पस्दा ८ घर डुबानमा पर्दा ३३ परिवार विस्थापित भएका छन् ।

प्रहरीका अनुसार कटहरी गाँउपालिका– १ मा टाइगर खोला र सिंघीया खोलाको पानी बस्तीमा पस्दा ४० घर डुबानमा परेको छ भने २ सय ५० परिवार विस्थापित भएको छ भने कटहरी १ कै हुनमान मन्दिर क्षेत्रमा सिंघीया खोलाको पानी पस्दा ४० घर डुबानमा परेको छ भने, १ सय ७० परिवार विस्थापित भएका छन् ।

बाढीले विराटनगर महानगरपालिका समेत अछुतो रहेन । महानगरपालिकाको – २ नम्बर वडामा २० घर डुबानमा परेको छन भने ७५ परिवार विस्थापित भएका छन् । यस्तै बाढीले झापाको विभिन्न ठाउमा समेत ठूलो क्षति पु¥याएको छ । जिल्लाको मावा खोला ,विरिङ खोला, रतुवा खोलामा आएको बाढीले सैयौ घरहरु बगाउँदा कैयौ विस्थापित भएका छन् । उता मेची राजमार्गमा रातिदेखि नै ठाउँ ठाउँमा पहिरो जाँदा इलाम, पाँचथर, ताप्लेजुङ चल्ने सवारी साधनहरु बीचैमा रोकिएका छन् । धेरै ठाउँमा राजमार्ग अवरुद्ध भएको छ । यता कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा समेत अधिकांश स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको जनाइएको छ ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved