यात्रा धरान ग्रुपले कार्यालय खोलेर काम शुरु गर्ने

  • असार १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । यात्रा धरान ग्रुप अफ कम्पनी प्रा. लि. ले धरान ११ मंगलबारे स्थित हङ्कङ रोडमा आफ्नो कार्यालय स्थापना गरी रियल स्टेटको काम शुरु गर्ने भएको छ । मंगलबार धरान १०मा रहेको कफी पब एण्ड रेस्टोमा पत्रकार सम्मेलन गर्दै कम्पनीका अध्यक्ष आधि लामाले कार्यालयको कार्या उद्घाटन गरेर कम्पनीको कामलाई निरन्तता दिने बताए ।

उनले आगामी शुक्रबार कम्पनीको कार्यालय उद्घाटन गर्ने जानकारी दिँदै पूर्वी नेपालको पर्यटकीय सम्भावना बोकेको प्राकृतिक सौन्दर्यलाई फोटो मार्फत प्रचार गर्ने अभियान बोकेर कम्पनी स्थापना गरेको बताए ।

उनले भने–‘हामीले २०६८ सालमा यात्रा धरान नामक फेसबुक पेज र एकाउन्ट सुरू भएको थियौ । अब हामी कार्यालय खोलेरै सञ्चालन गर्छौ ।’

कम्पनीमा धरानका तीन जना युवा समावेश रहेका छन् । अमित मोक्तान, आधि लामा र राजेश पाख्रिनले २०६८ सालदेखि संगठित रूपमा यात्रा धरान ग्रुप मार्फत विभिन्न सामाजिक अभियान गर्दै आएको थियो । हाल स्वदेश तथा विदेशमा भएको ७० जना युवाहरु आवद्ध रहेको यात्रा धरान ग्रुपका कम्पनीका अर्का सञ्चालक अमित मोक्तानले जानकारी दिए । उनका अनुसार यो कम्पनी २०७७ मा दर्ता गरी २०७८ चैत्र ७ गते देखि विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको हो ।

प्रा. लि. को पहिलो कम्पनी अर्न्तगत १ करोडको पुँजिमा रियल स्टेटसग सम्बन्धित सबै कारोबारहरु संचालन गरिने त्यसका लागि रियल स्टेटको कारोबारमा शुन्य कमिसन, मात्र १ हजार दर्ता शुल्क लाग्ने र जग्गा बिक्री भएपछी १५ हजार मात्र शुल्क लाग्ने विशेषता रहेको मोक्तानले बताए । कम्पनीले कारोबारमा आवश्यक कागंज पत्रको सहजिकरण, क्रेता र विक्रेतावीच प्रत्यक्ष भेट गराई मूल्य निधारण गरिने भएकाले घर जग्गाको सुरक्षित तथा भरपर्दो कारोबार हुने मोक्तानले विश्वास दिलाए । कम्पनिको थप योजनाहरू विद्युतीय माध्यमद्वारा पर्यटकहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न वायु सेवासँग सहकार्य गरी हवाई टिकट विक्री गर्ने, गराउने तथा ट्रेकिङ व्यवसाय लगायत पर्यटन उद्योगसँग सम्बन्धित मनोरञ्जनात्मक तथा साहसिक कृयाकलापहरू सञ्चालन गर्ने रहेको मोक्तानले बताए । शिक्षाका अलवा अन्य धेरै काम गर्ने जनाउदै कम्पनीले

मुनाफाको १५ प्रतिशत सामाजिक कार्यमा लगाउने देखि एम्बुलेन्स सेवा सुरू गर्ने लगायतको भिजन रहेको मोक्तानले जनाए ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved