बास्केटवल ट्यालेन्ट हन्ट ट्रेनिङ्ग क्याम्प: असार ५ देखि, समापनमा र्थी वाइ र्थी प्रतियोगिता हुने

  • असार ३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यहि असार ५ गते देखि सातौ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्प सुरु हुने भएको छ ।

विशेष गरि एसइइ दिएर वसेका विद्यार्थी खेलाडि भाइवहिनिहरुलाई लक्षित गरि ट्यालेन्ट हन्ट तथा ट्रेनिङ्ग क्याम्प आयोजना गरिएको बास्केटवल संघले जनाएको छ । ट्यालेन्ट हन्टको माध्यम वाट बास्केटवल खेल विकास तथा खेलाडिलाई प्रोत्साहन गर्ने उद्धेश्यले संघले विगत केहि वर्ष देखि ट्यालेन्ट हन्ट प्रोगामको आयोजना गर्दै आइरहेका छन ।

संघले ट्यालेन्ट हन्टमा सहभागि एसइइ दिएका विद्यार्थीहरुको प्रतिभा हेरेर धरानका विभिन्न कलेजमा छात्रवृतिm दिदैं आइरहेको धरान बास्केटल संघका अध्यक्ष एवं नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी गराए । हाल सम्म संघको सिफारिसमा विद्यालय, प्लस टु र व्याचलर लेवलमा गरि सय भन्दा वढि महिला तथा पुरुष बास्केटवल खेलाडिहरु छात्रवृतिmमा अध्यन गरिरहेको उनले जनाए । धरानको डिपो स्कुल, धरान मेघा कलेज, एम्स एकेडेमि, सगरमाथा एसडि कलेज, लेसनल कलेज, सियोन स्कुल लगायतमा बास्केटवल खेलाडिहरु छात्रवृतिmमा अध्यन गरि रहेका छन् ।

सातौ ट्यालेन्ट हन्टका प्रतिभावान दर्जन भन्दा वडि खेलाडिहरुलाई धरान मेघा कलेज, सियोन स्कुल, डिपो स्कुल र एम्स एकेडेमिमा छात्रवृतिmका लागि सिफारिस गरिने धरान बास्केटवल संघले जानकारी गराए ।

सातौ ट्रयालेन्ट हन्टमा एसइइ दिएका विद्यार्थी वाहेकका बास्केटवल प्रशिक्षण लिन इच्छुकहरुले टे्रनिङ्ग क्याम्पमा सहभागिता जनाउन पाउने छन् ।

असार ५ गते देखि दुइ हप्ता सम्म संचालन हुने ट्यालेन्ट हन्ट क्याम्प धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।

ट्रेनिङ्ग क्याम्प संपन्न गर्नका लागि सुनसरी बास्केटवल संघ, सियोन स्कुल, धरान मेघा कलेज, एम्स एकेडेमि र डिपो स्कुलको सहयोग रहेको छ ।

सहभागि प्रशिक्षार्थीहरुलाई १ न. प्रदेश बास्केटवल प्रशिक्षक बिकास चाम्लिङ राई र उनको सहयोगीहरुले प्रशिक्षण दिनेछन् ।

ट्रेनिङ्ग क्याम्पको समापनमा ३×३ बास्केटवल प्रतियोगिता हुने
सातौ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्पको समापनको दिन र्थी वाइ र्थी बास्केटवल प्रतियोगिता हुनेछ । प्रतियोगितामा एसइइ दिएका र दश कक्षा सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन । विजेता तथा उपविजेता टिमलाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने बास्केटवल संघले जनाए । प्रतियोगिताका उत्कृष्ट खेलाडि र उदयीमान खेलाडिलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराए ।

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved