‘एम्बुलेन्स क्याम्प’ बाट १ हजार ५ सय बिरामी लाभान्वित

  • असार १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरको नोवेल अस्पतालले गाउँमै पुगेर सर्वसाधारको उपचार गरेको छ ।

अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गाउँमै ‘एम्बुलेन्स क्याम्प’ सञ्चालनज गरेका हुन् । सञ्चालन गरेको क्याम्पबाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत सञ्चालित क्याम्प मोरङको बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन भइरहेको छ । चिकित्सक सहितको टोली एम्बुलेन्समा जाने र गाउँका विरामीको खोजीखोजी उपचार गर्ने गरिएकाले एम्बुलेन्स क्याम्प नाम दिइएको हो । हरेक दिन दुई टोली डाक्टरहरु टोलटोलमा पुगेर त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी गर्ने साधनसहित डाक्टरहरु गाउँगाउँमा जान्छन् र विरामीको उपचार गर्ने गर्छन् । उपचार बापत विरामीले कुनै शुल्क तिर्नु पर्दैन । डा.शर्माले नै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

सो टोलीले गाउँगाउँमा पुगेर दुई साताको अवधिमा १ हजार ५ सय ६३ जना बिरामीको निःशुल्क उपचार गरेको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स शिविरमा स्वास्थ्य परीक्षणका क्रममा २ सय ९८ जनाको मुटुको जाँच (इसीजी), ३ सय २५ जनाको रगत परीक्षण र ३ सय ४३ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएका ९७ जनाको दाँत खोलिएको छ । एम्बुलेन्स शिविरमा उपचार सम्भव नभएका ५ सय ३३ विरामीलाई नोबेल अस्पताल ल्याएर पनि उपचार गरिएको छ ।

अस्पताल आउनुपर्ने विरामीलाई नोबेलकै बसमा आउँने–जाने सुविधा छ । शिविरमा उपचार सम्भव नभएर नोबेल आएर उपचार गराउनेलाई ५० प्रतिशत छुटमा उपचार गर्ने गरिएको प्रवन्धक दाहालले बताए । ग्रामीण क्षेत्रका बिपन्न विरामीलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँने डा.शर्माको योजना अनरुप यसअघि पनि नोबेलले गाउँ–गाउँमा शिविर सञ्चालन गर्दै आएको थियो । अहिले अझै टोल–टोलमा चिकित्सक पठाएर निःशुल्क उपचार सेवा प्रदान गरिएको हो ।

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved