विश्व रक्तदान दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

  • असार १, २०७९
  • "चन्दन रौनियार"
alt

धरान । सुनसरीको दुहवीमा विश्व रक्तदान दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै दुहवी जेसीज तथा रौनियार सेवा समितिको संयुक्त आयोजनामा नेपाल रेडक्रस विराटनगरसंगको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकोे हो ।

मंगलबार दुहवी नगरपालिकाको प्रांगरणमा आयोजित रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको दुहवी जेसीजका अध्यक्ष दिपेश राउतले बताए ।

दुहवी जेसीज तथा रौनियार सेवा समितिको संयुक्त आयोजनामा भएको कार्यक्रमका रक्तदान गनेहरुलाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रम संयोजक कुनाल रौनियारले बताए ।

रक्तदान कार्यक्रममा दुहवी नगरपालिका वडा नं. ५ वडा अध्यक्ष रमेश कुमार रौनियार, वडा नं. ६ का वडा अध्यक्ष घनश्याम हलुवाई, दुहबी जेसिजका पूर्व अध्यक्ष, दुहवी जेसीजका अध्यक्ष दिपेश राउत, रौनियार सेवा समिति दुहवीका अध्यक्ष जय प्रकाश रौनियार, रौनियार युवा मञ्का अध्यक्ष प्रमोद रौनियार, रौनियार महिला मञ्चकी अध्यक्ष वन्दना रौनियार लगायतको सहभागीता रहेको थियो ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved