धरानको सौन्दर्यकालागि जनप्रतिनिधिले काम थाले: 'छरिएका तारलाई व्यवस्थापन गर्न थालियोे'

  • असार १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान नगरलाई सफा राख्ने अभियान शुरु गरिएको छ । धरान उपमहानरपालिका वडा नं. २ बाट यो अभियान शुरु गरिएको हो ।

निर्वाचित जनप्रतिनिधिहरुको संकल्प नै धरान नगरलाई सुन्दर र पर्यटकीय स्थल बनाउने हो । यसै अभियान अन्तर्गत धरानमा जथाभावि छरिएर रहेका विजुली तथा नेट वर्क प्रा.लिका तार लगायतका तारहरुलाई एकमुष्ट बनाउने काम शुरु गरिएको छ ।

धरान २ का जनप्रतिनिधिहरुले यो कामलाई शुरुवात गरेका छन् । वडा नं. २ को नवनिर्वाचित जनप्रतिनिधिहरुले पहिलो वैठकमै यो कामलाई प्राथमिकता राखेर शुरु गरेका हुन् । छरिएर राखिएका तारहरुका कारण सर्वसाधारणलाई करेन्ट लाग्ने, बादरले जथाभावि तारमा चढेर उपद्रो मच्चाउदा जोखिम बढ्ने र ठूला सवारी साधन बजारभित्र छिर्दा तार चुडिने जोखिम भएपछि यसलाई प्राथमिकताका रुपमा अगाडि बढाइएको वडा नं. २ का जनप्रतिनिधिहरु बताउछन् । धरान २ की महिला सदस्य सन्ध्या श्रेष्ठले वडामा भएको सानो समस्यामा केन्द्रित भएर काम गर्न थालेको बताइन् । उनले भनिन्–‘धरानको मुटु मानिएको भानुचौक धरान २ मा नै पर्छ, जथाभावि छरिएका असरल्ल तारका कारण शहर कुरुप भएको त छँदैछ तर त्यो भन्दा पनि दुर्घटनाको जोखिम धेरै छ । यसैलाई मध्यनजर गरी हामीले सानो कामबाट ठूलो परिणाम गर्न लागेका हौं ।’

यस्तै भनाई सोही वडाका सडा सदस्य समिर राईको समेत रहेको छ । उनले धेरै बजेट पनि नलाग्ने, गरेको काम पनि देखिने भएपनि हामीले पहिलो बैठकबाट यसलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका हौ । उनले भने–‘काम हेर्दा सानो छ, गर्दा ठूलो काम हो, खर्च बढी नलाग्ने गरिसकेपछि दुर्घटनाको जोखिक कम हुन्छ भने दुर्घटनाको जोखिम पनि रहँदैन ।’

धरान २ मा पर्ने भानुचौक, धरान रत्नरोड, पुरानो बजार, गीता मन्दिर लाईन, सिंहदेवी लाइन लगायतमा अहिले तारलाई एकमुष्ठ बनाएर बान्ने काम भएको छ । यसले गर्दा यी वडाहरुको सौन्दर्यता बढेको स्थानीयहरुको भनाई छ ।

विगतमा जथाभावि छरिएर रहेका तारहरुका कारण कुरुप भएको दुई नं. वडा तारलाई व्यवस्थित गर्दा अहिले जोखिम कम हुनुका साथै सुन्दरता समेत थपिएको वडाबासीहरु बताउँछन् । सर्वसाधारण विकास गुवाजुले धरानमा ठूला ठूला महल भएपनि जथाभावि भएका तारले सुन्दरता हराएकोे बताऐ । विगतमा सर्वसाधारणलाई करेन्ट लाग्ने डरमात्र हैन बाँदरले जथाभावि तारमा चढेर उप्रदो मच्चाउदा ठूलो जोखिम मोलेर बस्नुपरेको उनी बताउछन । उनी भन्छन्–‘यो काम पहिला नै गर्नुपथ्र्यो, ढिलो भएपनि शुरु भयो, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’

गुवाजुले जनप्रतिनिधिप्रति सर्वसाधारणले ठूलो अपेक्षा राखेका छैनन्, यस्तै साना विग्रेका कामलाई सपार्ने काम मात्र .गर्ने हो भने पाचबर्षको अवधिमा धेरै काम गर्न बताए । धरानलाई पर्यटकीय सहर बनाउने, स्मार्ट सिटी बनाउने ठूलो महंत्वकाक्र्षी योजनालाई साकार बनाउन पनि यस्तै साना साना कामबाट शुरुवात पक्कै सफल हुने उनको तर्क छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved