ट्रयाक्टर दुर्घटनाबाट २ जनाको मृत्यु २ जना घाइते

  • जेठ ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

धरान । ईलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

ईलामको रोङ गाउपालिका ४ बाघखोर स्थित मेची राजमार्गमा सोमबार दिउसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउदै गरेको मे १ त ४४७८ नम्बरको  ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुदाँ ट्याक्टर चालक सुर्योदय नगरपालिका १२ का  २९ बर्षीय सागर प्रधान सहित ३ जना घाईते भएकोमा उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो ।

यसै गरी झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित भित्री सडक खण्डमा सोमबार बेलुका ५ बजे  मे १ त ७४३१ नम्बरको ट्याकटरले ठक्कर दिदाँ घाईते भएका स्थानिय  राम प्रसाद अधिकारीको ९ बर्षीय  छोरा  गौरव अधिकारीलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा अस्पताल पुराउना साथ उनको मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर र चालक झापा कमल गाउपालिकाका २६ बर्षीय बिनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved