भाषा तालिम सम्पन्न

  • जेठ ३१, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । नेवाः देय दवु धरानको आयोजनामा भएको ४५ दिने भाषा तालिम सोमबार सम्पन्न भएको छ । सिद्धि नेवा: परिषदको भवनमा गत जेष्ठ १९ गतेदेखि भाषासम्बन्धी तालिम भएको थियो ।

समापन कार्यक्रममा बोल्दै धरान उपमहानगर पालिका उप– प्रमुख आइन्द्र बिक्रम बेघाले भाषाको विकासले जातिको उत्थान हुने बताए । उनले भने–‘ हरेक जातिले भाषाको विकास गर्नु अपरिहार्य रहेको छ, सबै जातिको पहिचानको माध्यम भाषा पनि एक हो ।’

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद धरानका सल्लाहकार चित्रराज थापा मगरले राज्यसत्ताले भाषालाई मह्त्व नदिएको आरोप लगाए । उनले भने–‘नेपाल वहुभाषित देश भएकोले सबै जातजातिको भाषाको उत्थानमा राज्य लाग्न जरुरी छ ।’

धरान उपमाहानगर पालिका कार्यपालिकाको आर्थिक बर्ष २०७८– ०८९ को जनजातिका लागि छुटाएको बजेटबाट तालिम सञ्चालन गरएको हो ।

समापन कार्यक्रममा तमु ध्युल छोज घी धरानका अध्यक्ष पृथ्वीमान गुरुङ , नेपाल तामाङ छेदुङ धरानका अध्यक्ष गोपाल सुनुवार , नेपाल शेर्पा संघ धरानका उपध्यक्ष प्रेम शेर्पा, किराँत याक्खा छुम्मा धरानका उपाध्यक्ष हेनसेन याक्खा, किरात याक्थुङ चुम्लुङ धरान सदस्य रिता खापुङ र आदिवासी जनजातिका महिला महासंघ धरानका कोषाध्यक्ष सुमित्रा राईको उपस्थित रहेको थियो । नेवा देय दवु धरानका नगर अध्यक्ष मनोहर शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव दिपेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved