‘उपचारमा फिजियोथेरापी अत्यन्तै लाभदायी’

  • जेठ ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १०, पुतली लाईनमा सञ्चालन भएको लाइफ केयर फिजियोथेरापी सेन्टरको शनिवार धरान उपमहानगरपालिका वडा नं. १०का वडाध्यक्ष विवेक राईले उद्घाटन गरे ।287199228_742456506889009_6008122354143677710_n (1)

उद्घाटनपश्चात बोल्दै वडाध्यक्ष राईले फिजियो थेरापी उपचारका लागि अत्यन्त लाभदायी हुने बताए । उनले भने–‘उपचारको पद्धतिमध्ये फिजियोथेरापी अत्यन्तै लाभदायक हुन्छ, यस थेरापी सेन्टरले धेरै भन्दा धेरै विरामी निको पारोस् मेरो शुभकामना ।’

फिजियोथेरापीको सञ्चालन धरानका युवा प्रवीर श्रेष्ठले गरेका हुन् । उनले धरान र धरान आसपासका सर्वसाधारणलाई लक्षित गरी लाइफ केयर फिजियोथेरापी सञ्चालन गरेको बताए । उनले भने– ‘धरान तथा धरान आपसपसमा रहेका सर्वसाधारणलाई लक्षित गरी फिजियो थेरापी सञ्चालन गरिएको हो ।’286826618_1242431289829758_2508220370766117318_n

उनका अनुसार करिब ५० लाखको लगानीमा यो थेरापी सेन्टर खोलिएको हो हो । सेन्टरमा विभिन्न प्रकारका फिजियोथेरापी, रगत जाँच, मसाजको व्यवस्था , एसी जडित सुविधा सम्पन्न तथा डिजिटल मेसिन जडान गरिएको र एक पटकमा १५ जना सेवाग्राहीहरुले सेवा लिन सक्नेछन् ।

सञ्चालक श्रेष्ठ साउथ कोरियाको रिआवी हस्पिटलमा ५ वर्षसम्म काम गरी अनुभव संगालेका व्यक्ति भएकोले यसको भविष्य राम्रो भएको वडाध्यक्ष राईले बताए ।

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved